साहित्य

    Showing 101-110 of 137 items.
  • कविता 'धितोमा ऋण'

    सरकारले कर बढायो, बैंकले ब्याज पेट्रोल डिजेलको भाउले आकाश चुमो,व्यापारीले धितोमा लिएको ऋणले दिन– दिनै ब्यापार डुबायो अनि घर उठायो ।। घरमा राख्न धितोको लागि जग्गा थिएन, आमाको कानमा सुन थिएन, धितो राख्नकानिम्ति केही थिएन, व्यवसाय गर्न लगानी भएन, काम गर्न कुनै ठाउँ भएन अनि घर उठायो ।। बैंकले ब्याजदर दिन प्रतिदिन वृद्धि गर्‍यो,देशमा अर्थतन्त्रको मन्दी छायो आयात वस्तु भन्दा नियातीत वस्तु दिन प्रतिदिन वृद्धि भयो, धितोले परिवार सकायो अनि घर उठायो ।। देशमा राजनीतिक चलखेल भयो, हुनेले महल ठडाए, कार चलाए, महँगा रेस्टुरेन्ट हल्लाए, नहुनेले राहदानी हातमा बोकी मामुली भै खाडी कोचो अनि घर उठायो

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 888 पटक पढिएको
    • "  सुस्मिता घिमिरे ( सुसे) हाल / धरान ६ पानबारी"
  • धराने कवितामा जनजातीय चेतना

     प्रारम्भ /  अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ । पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ । यस्ता साहि

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 1,643 पटक पढिएको
    • "राजेश विद्रोही"
  • धरानमा भाषा र संस्कृतिका विषयमा बहस

    धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र स्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौप

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गजल

    देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छमान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।। यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ  देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।। यो ज्यानलाई उसको खोज यस्तो छ महोदयजस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।। यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँजवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।। फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँपछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 1,052 पटक पढिएको
    • " दिनेश प्रयासी खोटाङ दिक्तेल, हाल इलाम"
  • राष्ट्रव्यापी कविता प्रतियोगितामा महेश गुरुकुलका दुवाडी प्रथम

    धरान/राष्ट्रव्यापी कविता प्रतियोगितामा एस.आर.दुवाडीले प्रथम स्थान हासिल गरेका छन् । दुवाडीको राष्ट्रियता खातिर शीर्षकको कविता सर्वोत्कृष्ट भएको हो । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा भएको प्रतियोगितामा गोरखा घर भएका तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत कवि दुवाडीको कविता प्रथम चरणबाट छानिएका १५ वटा कवितालाई जितेर सर्वप्रथम भएको हो । त्यसै गरी ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवि अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी कवि

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 1,831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दृष्टिकोण (कविता)

    समाज म त भरखर जन्मिएको बालक मलाई के थाहा तिमीले दिएको उपनाम बालिका र बालकमैले आफ्नो विशेषता आफैँ बताउन पाएको छैन समाजतिमीले त घर गरिखाने र त अर्काको घर जाने भनी दबाईसक्यौ समाज । समाज परिवर्तनको कुरा गर्छौ रे तिमीअनि छोरी जन्मदा नाक खुम्च्याउने रे पनि तिमीबलवान र कमजोरीको उपनाम दिने रे पनि तिमी अझै शिक्षित भएतापनि अशिक्षित जस्तो व्यवहार गर्ने तिमी ।। तिम्रै कारण म जस्ता कयौँ शक्ति कमजोरीमा परिणत भए कत्ति कत्ति त हिंसामा परी असह्य भई मृतक बनेउदाहरण निर्मला पन्तको अझै चुपचाप तिमीअब त बाटो हिंसाको अन्त्य गरिदेउन तिमी ।। सही असह्य भयो भनी रुदै छिन् उनीसमानताको बाटो खोलिदेउ भनी खसाल्दै छिन् आँशु

    • प्रकाशित मितिः माघ ६, २०७९
    • 895 पटक पढिएको
    • "– सविता पुरी (बिबिएस प्रथम) धरान मोडल कलेज धरान–१, सुनसरी"
  • पहिचान पुरस्कार दुई कृतिलाई प्रदान गरिने

    धरान / यस वर्षको पहिचान पुरस्कार अनुसन्धानमूलक कृति ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । २०७८÷२०७९ को पहिचान पुरस्कार यी दुई कृतिलाई प्रदान गरिने पहिचान पुरस्कार कोषले शनिबार विज्ञप्तिमार्फत् जनाएको हो । ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङले सङ्कलन र सम्पादन गरेको कृति हो भने ‘गुरु’ कविता राईको कृति हो । तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुखसमेत रहेका माबुहाङ लिम्बू जातिका विषयमा खोज–अनुसन्धान गर्छन्

    • प्रकाशित मितिः पुस ९, २०७९
    • 1,432 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इर्श्या (लघुकथा)

    म सानै थिएँ । आमाले मेरा दुबै कान छेडी सुनका मुन्द्री बनाएर लगाइ दिनु भएको थियो । कानमा सुनका मुन्द्री लगाउँने त्यसबेलाको त्यस गाउँभरिको फुच्चे सायद मै मात्र थिएँ । यद्यपी म सुनको महन्व बुझ्ने भइसकेको थिइँन । एक दिन सुनको महन्व बुझ्ने मेरा आफन्तले मलाई फकाइफुल्याइ मेरा कानका ती मुन्द्री फकालेर लगे । मैले नदिन खोज्दा पनि केही चलेन । बेलुका आमाले मेरा कानमा मुन्द्री नदेखेपछि मलाई तेरा कानका मुन्द्री खोई नानी ? भनेर आश्चर्य चकित मुद्रामा मेरा कान छाम्दै सोध्नुभयो । मैले पहिले त हराए भनेर टारेँ । तर आमाले बिश्वासै गर्नु भएन । कसरी हराए ? कहाँ हराए ? कसले लग्यो ? भन् त नानी भनेर फकाउँन थाल्नु भयो

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 643 पटक पढिएको
    • "जेबी खत्री"
  • क्षितिज (कविता)

    टाढा धेरै टाढाबाट हेर्छुउसले तिमीलाई छोए जस्तै लाग्छ ।फेरि हेर्छु उसलाई तिमीले झ्याप्प अँगालो हाले जस्तै लाग्छ ।बेला उसलाई तिमीले छेडे जस्तोबेला उसले तिमीलाई थिचे जस्तोजति नजिकबाट चुम्न खोज्छुतिमी उति उति टाढा लाग्छ ।तर,उसको स्पर्शर तिम्रो अङ्कमाल उस्तै लाग्छ ।। हरदिनबिहान सूर्योदय र साँझ सूर्यास्त हुन्छदुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।प्रत्येक साँझ शीतलता बोकेरटाढैबाटतिमीलाई चिहाउँदै जून उदाउँछउसैगरी बिहानतिमीलाई नजिकबाट चिहाउँदैन्यानो छरेर जून अस्ताउँछ ।यी दुबै रमिता नियाल्छु रपिरोलिन्छु तिम्रो न्यानो स्पर्शकोपर्खाईमामिठा सपना तुन्दैम,बेला बिताई रहन्छु । तर,टाढाबाटयी सबै सौन्दर्यचिहाएर टोल्हा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 728 पटक पढिएको
    • "सागरमणि दाहाल /धरान, सुनसरी"
  • कथा : अस्थायी प्रेम

    उसको तस्वीर देख्न नपाई मैले टिप्पणी गर्दिहालेँ ।“चाँदनी शर्मा“,नाम जति राम्रो थियो नि मान्छे त्यो भन्दा धेरै राम्री लाग्थी मलाई । चाँदनी भन्दा सुन्दर केटिहरू मैले देख्दै नदेखेको त होइन, देख्ने बित्तिकै म फिदा भएको पनि होइन ।तर निरन्तर कुराकानीले, व्यवहारले मेरो मन उसका लागि पागल थियो ।“ओ महारानी,दुनियाँ फिदा बनाउने तस्वीर फेसबुकमा टाँस्न पर्छ?“मैले उसलाई मेसेन्जरमा मेसेज पठाएँ । पुग्न नपाई रिप्लाई आयो,“के हो महाराज,हजुरको दिल जलेको गन्ध यतासम्म आइपुगेको छ त“,साथमा स्माइलको इमोजी ।मलाई उसको यहि आदत मनपर्थ्यो,जे भने पनि नरिसाइ राम्ररी बोल्थिन् । “जलेक

    • प्रकाशित मितिः पुस २, २०७९
    • 719 पटक पढिएको
    • " सोमनाथ दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved