सौन्दर्यको नयाँ भूगोलमा उभिएका सांस्कृतिक कविताहरू

  • बैशाख २, २०७९
  • राजेश विद्रोही
alt

साहित्यिक विधाहरूमध्ये सबैभन्दा बढी लेखिने विधा भएको कारण छलफल र विमर्श पनि कविताकै बारेमा बढी हुने गरेका छन् । बढी लेखिने विधा भएपछि स्वाभाविक रूपमा कवितासङ्ग्रहहरू नै बढी प्रकाशन हुने गरेका छन् । समकालीन राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा आप्mना दृष्टिकोण कलात्मक रूपमा तत्काल अभिव्यक्त गर्न पनि सबैभन्दा सहज र छरितो विधा यही नै हो । अन्य विधाका तुलनामा समकालीन संवेदना र चेतनाको अभिव्यक्ति बढी हुने गरेका कारण पनि स्रष्टाहरू कविता लेखनमा बढी आकृष्ट भएका हुन् ।

अन्य भाषामा जस्तै नेपाली भाषामा पनि बजारमा तुलनात्मक रूपमा कवितासङ्ग्रहहरू नै बढी मात्रामा आउने गरेका छन् । यसै क्रममा सुष्मा रानाहँमाको कवितासङ्ग्रह ‘आमाको तासफोटो’ (२०७७) बजारमा आएको छ । रानाहँमा कवितामा पछिल्लो पुस्ताकी सक्रिय सदस्य हुन् । उनी ठूलो हल्ला नगरी चुपचापसँग कविताको शहरमा आइपुगेकी नौलो यात्री हुन् तर नौलो भईकन पनि उनको उपस्थिति टड्कारो देखिन्छ । प्रस्तुत कवितासङ्ग्रहमा सङ्कलित कविताहरूका माध्यमबाट देखिने उनको अनुहार रहरलाग्दो र आशाप्रद छ ।

नेपाली समाज बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय भईकन पनि शासकहरूका पक्षपाती दृष्टिका कारण लामो समयसम्म नेपाली कविताको अनुहारमा फरक बान्की र रूप देख्न सकिएन । सत्तासीन समुदायले निर्माण गरेको एक भाषा, एक धर्म र एक संस्कृतिकै प्रभुत्व तथा वर्चश्व देखिनु नेपाली कविताको विशेषता बन्यो तर पछिल्लो समय आप्नो निजत्व र स्वत्वको खोजी गर्दै नेपाली कवितालेखनमा देखा परेका जनजाति समुदायका युवाकविहरूले एकात्मक सौन्दर्यको यो मानकलाई भत्काउन थालेका छन् । उनीहरूले नेपाली कवितामा सौन्दर्यको नयाँ र बेग्लै भूगोलको अन्वेषण गर्न थालेका छन् ।

बलियो सम्भावनासहित यसै लहरमा उभिन आइपुगेकी कवि हुन् – सुष्मा रानाहँमा । ‘आमाको तासफोटो’ मा उनले यो सम्भावना प्रस्ट देखाएकी छन् । सङ्ग्रहमा विभिन्न भाव, शैली र अनुहारका ४६ वटा कविता सङ्गृहीत छन् । यी कविताहरूमा उनले प्रेममा मिलन र वियोगका भावका साथै नारीले भोग्नुपर्ने पीडा, विदेशिन बाध्य हुनुपर्ने बहुसङ्ख्यक नेपाली नागरिकहरूको विवशता र कोरोना–कहरको काव्यिक चित्रणसँगै जनजातीय संस्कृति र सभ्यतामाथि भएको आक्रमणप्रति विरोधको स्वर उरालेकी छन् । उनका कविताहरूमा जनजातीय सांस्कृतिक मिथक र विम्बहरूका साथै पूर्वी नेपालको पहाडी जीवनको सग्लो चित्र देखिने ग्राम्य विम्बहरू पनि आकर्षक रूपमा उनिएका छन् ।

‘सबाल्टर्न स्टडिज’ का प्रारम्भकर्ता रंजित गुहाले इतिहासको पुलर्नेखन गरिनुपर्नेमा जोड दिएका छन् । हेपिएका समुदायहरू प्रभुत्वशाली समुदायका हतियार मात्र बनाइने गरेको जिकीर गर्दै उनले इतिहासलाई पनि सम्भ्रान्तहरूले बङ्ग्याएको, उत्पीडित तथा तल्लो तहका मानिसहरूको भूमिका इतिहासबाट गायब बनाएको एवम् इतिहास निर्माणमा खर्च भएका तिनका रगत र आँसुलाई उपेक्षा गरेको चर्चा गरेका छन् । तिनै उत्पीडित र निर्धाहरूका भूमिका इतिहासमा पुनःस्थापित गरिनुपर्ने गुहाको मान्यता छ । नेपाली सन्दर्भमा पनि सत्तासीन समुदायको दमन र अपहेलनाबाट किनारीकृत बनाइएका समुदायले अतीतमा आप्mनो समुदायले बगाएका आँसु, रगत र पसिनाले इतिहासमा उचित स्थान नपाएको जिकीर गरेका छन् ।

पछिल्लो पुस्ताका जनजाति कविहरूका कवितामा यही जिकीर बलशाली बनेर आएको छ । इतिहासको पुनर्लेखन गरिनुपर्ने आग्रहसहित नेपाली साहित्यमा समानान्तर राजमार्ग निर्माणमा अग्रसर उनीहरूले सौन्दर्यको भिन्न मानक खडा गर्दै जातीय पहिचान र अस्तित्वको स्वर मुखरित गरेका छन् । इतिहास निर्माणका क्रममा आफ्ना पुर्खाहरूले बगाएको आँसु, रगत र पसिनाको मूल्य खोज्दै यी कविहरूले निजत्व र स्वत्वको खोजी गरेका छन् । सुष्मा यसै आवाजमा बल प्रदान गर्न आप्mनो सम्पूर्ण कलात्मक सामथ्र्यसहित उभिन आएकी छन् ।

देश छाडेर विदेशिनु पर्दाको गहिरो पीडा उनका कवितामा जताततै पाइन्छ । हुन पनि आप्mनो जन्मभूमि, परिवार र आफन्तहरूबाट टाढिएर दूरदेशमा एक्लो जीवन बिताउने रहर कसलाई पो होला र ? कुन चाहिँ नेपाली विदेशी भूमिमा रगत र पसिना बगाउन रहरले गएका होलान् र ? नचाहँदा नचाहँदै पनि विदेशिनु अधिकांश नेपालीहरूको विवशता हो । यही विवशताको भाव उनका कतिपय कवितामा छताछुल्ल भएको पाइन्छ । उनी आफै मातृभूमिबाट टाढा छिन् । उनले यी कविताहरूमा आप्mनै अनुभूतिलाई प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ । सायद टाढिएपछि देश र आफन्तको माया अझ गाढा र गहिरो हुँदो हो † हेरौँ एउटा नमुना :

तुसारा र हुस्सुहरूसँगै नारिएर
दूरदेशबाट फर्किन खोज्छन् उतै
कुनै बेला राहदानी बोकी छिरेका पाइलाहरू । (हालखबर, पृ.७६) ।

उनका कवितालाई बुभ्mन जनजातीय संस्कृतिलाई बुभ्न आवश्यक छ । उनको हरेक जसो कवितामा जनजातीय संस्कृति टड्कारो बनेर आएको छ । जीवनका अनेक भावहरूलाई व्यक्त गर्ने क्रममा उनले आफ्नै संस्कृतिको हात समातेकी छन् । यो उनका कविताको शक्ति हो । पछिल्लो पुस्ताका जनजातीय कविहरूले नेपाली कवितामा आफ्नै माटोको गन्ध, भूगोलको रङ र संस्कृतिको महक पोतेका छन् । शहरका अल्झन र जन्जालहरूमा हराउन थालेको नेपाली कवितालाई उनीहरूले आफ्नै भूगोल, सभ्यता र संस्कृतिको नाभीमा पुर्‍यएका छन् । सुष्मा यसै लहरको अन्तिम पङ्क्तितिर उभिन आइपुगेकी कवि हुन् । बाध्यताबश परदेशिएका नेपालीहरूको पीडालाई अभिव्यक्त गर्ने उनकै एउटा कवितांश :

गर्नु बिजुवाको टुङ्गो
राख्नू घरमा चिन्ता
राखेर एक मुठी अछेता
हेराउनू जोखाना परदेशीको समेत । (कचुर, पृ.१२०) ।
उपर्युक्त कवितामा जनजातीय संस्कृतिको काव्यिक अभिव्यक्ति मार्मिक रूपमा प्रस्तुत भएको छ । प्रस्तुत कवितांशमा परिवारबाट परदेशिएका सदस्यको अवस्था बुभ्mन बिजुवालाई जोखाना हेराउने जनजातीय संस्कृतिको चित्रण सुन्दर ढङ्गले गरिएको छ ।

उनी शताब्दीयौँदेखि राज्यबाट उत्पीडित र अपहेलित समुदायका पक्षमा कलम चलाउने स्रष्टा हुन् । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा उत्पीडनमा परेका समुदायका पीडा र वेदनालाई स्वर दिने क्रममा उनका कतिपय कविताहरू जन्मिएका छन् । समाजको वर्चश्वशाली समुदायको उत्पीडनमा परेका उत्पीडित र कमजोर वर्ग–समुदायका भोगाइ र अनुभूतिहरू निश्चय नै भिन्न छन् । तिनै वर्ग–समुदायका भोगाइलाई वाणी दिन प्रारम्भ गरिएको एउटा शक्तिशाली र सार्थक आन्दोलन ‘इतर आवाज’ की एक सक्रिय सदस्य सुष्माका कतिपय कवितामा यस्तै ‘इतर आवाज’ बलशाली बनेर उभिएको छ । त्यसैले त उनका कवितामा सांस्कृतिक विम्बहरू बलियो गरी आएका छन् । यस्तै एउटा कवितांश :

कसले चुँडाउन खोज्दैछ तानको धागो
र कसले च्यात्न खोज्दैछ बोजूले बुनेको फेङ्गा ?
कसले मेट्न खोज्दैछ मेरो मुन्दुम ? (आदिवासी, पृ.१०८) ।

प्रस्तुत कवितामा आफ्नो संस्कार–संस्कृति र भाषाप्रति कविको माया छताछुल्ल पोखिएको छ । आप्mनो संस्कृति र सभ्यतामाथि भएको आक्रमणको विरोधमा उनले यस कवितामा सुन्दर काव्यिक अभिव्यक्ति दिएकी छन् । उनी सांस्कृतिक कवि हुन् । आप्mनै मौलिक संस्कृतिको बलियो र उज्यालो धरातलमा उभिएर उनले सत्तासँग आँखा जुधाउँदै निर्भयतापूर्वक प्रश्न गरेकी छन् । यो नै उनको मौलिक काव्यिक सामथ्र्य पनि हो । आफ्नो सभ्यता र संस्कृतिप्रति कविको अनुराग प्रस्तुत कवितामा प्रस्ट देखिन्छ । लेख्छिन् :

चिम्सा आँखाभरि पैmलिएको आकाश
थेप्चे नाकले सुँघिरहेको लोकगीतको बतास
नाङ्गा पाइतालाले डोब कोर्दै आएको रगताम्य इतिहास
मेरो चेतनाको ढोलभ्याफ्म्टा मसँगै छ
ढोलझ्याम्टाले बोलाउने उँधौली र उँभौली छ (पृ.१०८)

सुष्मा नारी स्वतन्त्राको पक्षमा उभिने कवि हुन् । उनले आफ्ना कवितामा नारी स्वतन्त्रताको पक्षमा विद्रोही स्वर उरालेकी छन् । पितृसत्तात्मक सामाजिक मानसिकताबाट नारीमाथि हुने गरेका उत्पीडन र दमनको विरोधमा काव्यिक अभिव्यक्ति दिँदै उनले अब भने नारीहरूले अन्याय र अत्याचार सहन नहुने भाव व्यक्त गरेकी छन् । नारी स्वतन्त्रताकै पक्षमा लेखिएको उनको कविता ‘नारी’ ले कुनै पनि राजनीतिक दलको झन्डा नबोकी नारीहरूलाई आप्mनो अस्तित्व कायम गर्न आह्वान गरेकी छन् ।

नारी स्वतन्त्रताका पक्षमा बलियो गरी उभिँदा उभिँदै पनि उनी नारीले नै गर्ने मानवताविरोधी क्रियाकलापलाई भने समर्थन गर्दिनन् । आप्mनै नवजात शिशुलाई अलपत्र पारेर फाल्ने आमाप्रति उनले ‘कलिलो आलाप’ कवितामार्पmत् गहिरो घृणा व्यक्त गरेकी छन् । उपर्युक्त कवितामा प्रस्तुत नवजात शिशुको वेदनाले हृदय हल्लाउँछ । आमाबाट परित्यक्त शिशुका कठोर तर यथार्थ प्रश्नहरूले कुनै पुरुषको आदेशमा आफ्नै मुटुको टुक्रालाई सहाराहीन अवस्थामा छाड्ने आमाको हृदयलाई डाम्ने सामथ्र्य बोकेका छन् । उनका कतिपय कवितामा प्रकृतिको मानवीकरण गरिएको छ । यस्तै सुन्दर कविता हो – ‘तालपार्क’ । यसमा कविले तालपार्कलाई आप्mनो विवशता र वेदना सुनाएकी छन् ।

कविता लेख्न सजिलो छैन । एउटा तपस्वीले आँखा चिम्लिएर लामो समय ध्यानमा बसेजस्तै लामो साधनापछि मात्र कविताको अनुहारमा उज्यालो पोतिन्छ । यही लामो यात्रामा लामबद्ध हुन आइपुगेकी नयाँ यात्रीलाई स्वागत गर्नु अग्रजहरूको दायित्व हो । कविताको संसारमा उनी नयाँ उज्यालो बोकेर आइपुगेकी यात्री हुन् । सम्भावना बोकेर उभिएकी उनले उज्ज्वल भविष्यको सङ्केत देखाएकी छन् । उनी कविताको आप्mनै विशिष्ट भाषाको निर्माणमा जुटेकी छन् । यो यात्रा लामो तर रोमाञ्चक अनि जटिल पनि हुन्छ । अविश्रान्त यात्राले अवश्य पनि गन्तव्यमा पुर्‍यfउनेछ ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved