लकडाउनको अन्धकारमा फैलिएको सिर्जनाको प्रकाश

  • मंसिर १०, २०७८
  • राजेश विद्रोही
alt

सिर्जनशील व्यक्तिहरू सिर्जनाका लागि सहज अवस्था पर्खिएर बस्दैनन् । उनीहरू असहज अवस्थामै पनि सुन्दर सिर्जना गर्न तल्लीन रहन्छन् । यसैको सुन्दर उदाहरण बनेका छन् – कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्साली राई । बन्दाबन्दी (लकडाउन) को कठोर र त्रासद् समयलाई उनले सिर्जनशील बनाए । आ–आफ्नै घरमा बन्दी बनेर मानिसहरू किंकर्तव्यविमूढ बनेका बेला उनले भने एउटा अर्थपूर्ण साहित्यिक अभियान प्रारम्भ गरेर समयलाई सार्थक बनाए । केही न केही गरिरहने तथा आप्mना अनुज प्रतिभाहरूलाई सिर्जनकर्ममा लागिरहन प्रेरित गर्ने र त्यसका लागि सक्दो सहयोग पनि गर्ने उनको स्वभाव प्रशंसनीय छ । यही स्वभावको परिणाम हो – पुस्तक ‘लकडाउनमा सर्जक र सिर्जना’ को प्रकाशन ।

सन् २०१९ को डिसेम्बर महिनामा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विश्व नै आक्रान्त बन्यो । यसको सङ्क्रमण र असर कति तीव्र गतिमा विस्तार हुन थाल्यो भने सिङ्गो संसार नै एउटा कठोर झ्यालखानामा परिणत भएको थियो । संसारभरि नै बन्दाबन्दीको लहर चल्यो । मानिसहरू आ–आफ्नै घरमा बन्दी बने । त्यो अत्यन्तै कठिन र त्रासद् समय थियो । कोरोना भाइरसको सन्त्रासबाट मानव समाज अहिले पनि मुक्त भइसकेको छैन । युरोपका विभिन्न देशमा अहिले फेरि सङ्क्रमण तीव्र गतिमा बढ्न थालेका समाचारहरू आउन थालेका छन् । यसका कयौँ लहर आइसकेका छन् । विशेषज्ञहरूले यसका लहरहरू अभैm आउने चेतावनी दिइसकेका छन् । यसको कुप्रभावबाट मानव जातिलाई सुरक्षित बनाउन संसारभरिका वैज्ञानिकहरू सक्रिय छन् तर सारा मानवीय प्रयत्नहरू अहिले पनि पूर्णतः सफल भइसकेका छैनन् ।

चीनको वुहान सहरमा पहिलोपटक भेटिएको मानिने कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछूतो रहन सकेन । २०७६ सालको चैत ११ गतेबाट सरकारले यहाँ पनि बन्दाबन्दी घोषणा ग¥यो । सबै काम ठप्प भए । यातायात, शिक्षालय, व्यवसाय र सम्पूर्ण सामूहिक गतिविधिहरू बन्द भए । एक साथ सिङ्गो संसारलाई नै गाँजेको कोरोना भाइरसको महामारी मानव जातिको इतिहासमै सर्वाधिक कठिन र भयप्रद अवस्था थियो । त्यस बेला मानिसहरू निष्क्रिय बने । अब के गर्ने ? सोच्न सक्ने अवस्था थिएन । सबैको मन–मस्तिष्कमा कोरोना–कहरले कब्जा जमाएको थियो । मानिसहरूका मनमा गहिरो विषाद्ले जन्म लिँदै थियो ।

यस्तै अप्ठ्यारो परिस्थितिमा कवि प्रकाश दिप्सालीले सिर्जनशील अभियान प्रारम्भ गरे । भयाक्रान्त र किंकतव्र्यविमूढ बनेका मानिसका लागि यो अभियानले मलमको काम ग¥यो । मानिसहरू भयभीत थिए, लामो एकान्तवासबाट छट्पटिएका थिए र यस्तो अवस्थामा के गर्ने भन्ने भेउ नपाएर विषाद्ग्रस्त बनेका थिए । मानिसहरूको मानसिक सन्तुलन नै खल्बलिने अवस्था थियो । त्यस्तो कठिन घडीलाई पनि दिप्सालीले सिर्जनशील बनाए ।

त्यस बेला उनले दैनिक एकजना स्रस्टाको एउटा कविता सामाजिक सञ्जाल ‘फेसबुक’ मार्पmत् प्रस्तुत गर्न थाले । पहिले दैनिक एउटा कविताबाट सुरु भएको अभियान सकारात्मक प्रतिक्रिया र माग बढेपछि दैनिक दुई हुँदै दैनिक तीनवटा कविताको प्रस्तुतिसम्म पुग्यो । यो अभियानले कोरोना–कहरबाट सन्त्रस्त मनहरूलाई राहत मात्र होइन, ऊर्जा पनि प्रदान ग¥यो । यसै सार्थक अभियानका कारण दिप्सालीले सामाजिक सञ्जालमा मनग्गे प्रशंसा बटुले । यो स्वाभाविक थियो । यति मात्र होइन, फेसबुकबाट प्रस्तुत कविताहरूलाई दस्तावेजीकरण गरिनुपर्ने आवाज पनि उठ्न थाले र यसका लागि सहयोगी हातहरू पनि जुट्न थाले ।

तिनै साहित्यप्रेमी संस्था र व्यक्तिहरूको सहयोग र समर्पणबाट दिप्सालीको अभियानले अहिले पुस्तकको रूप लिएको छ । २८६ं१८ पृष्ठको यस पुस्तकमा कविता, गजल, गीत र केस्रा विधाका रचनाहरू सङ्कलित छन् । पुस्तककै रूप दिइने भएपछि यसमा एउटा संस्मरण र केही स्रस्टाका रचना अन्तर्वार्तासहित समावेश गरिएका छन् । यी विविध विधाका रचना र विचारहरूले पुस्तकलाई गहकिलो बनाउन मद्दत गरेका छन् । पुस्तकमा ४९ जना स्रस्टाका कविता मात्र छन् भने १४ स्रस्टाका अन्तर्वातासहित कविता पनि छन् । यसरी पुस्तकमा कविताको सङ्ख्या ६३ छ भने यसमा ३५ गजल, तीन गीत, दुई केस्रा र एक संस्मरण पनि सङुकलित छन् । यसरी विधागत विविधताले पनि पुस्तकलाई पठनीय र सङ्ग्रहणीय बनाएको छ ।
अधिकांश रचना नेपाली भाषामा भए पनि केही रचनाहरू भने जनजातीय भाषामा पनि छन् । ती रचना नेपालीमा अनुवाद नगरी राखिएका छन् । यस्ता रचनाले पुस्तकलाई भाषिक रूपमा समावेशी बनाएका छन् ।

पुस्तकमा केही स्थापित स्रस्टाका रचनाहरू सङ्कलित छन् भने उदीयमान प्रतिभाहरूले पनि यसमा स्थान पाएका छन् । स्थापित र उज्यालो भविष्य बोकेका उदीयमान प्रतिभाहरूलाई एकसाथ प्रस्तुत गर्नु पुस्तकको थप विशेषता भएको छ । यसबाट उदीयमान नवप्रतिभाहरूलाई प्रोत्साहन हुने भएकाले नेपाली भाषा–साहित्यको फराकिलो राजमार्ग निर्माणमा यस्ता प्रयासहरूको बेग्लै र अर्थपूर्ण भूमिका हुने निश्चित छ । यसमा स्वदेशभित्र रहेका स्रस्टाहरू मात्र होइन, विभिन्न सन्दर्भमा विश्वका विभिन्न देशमा पुगेका नेपाली स्रस्टाहरूका भावनाले पनि पोखिने मौका पाएका छन् ।
कविता हृदयको भाषा भएको हुँदा कवितामा मानवीय संवेदनाहरूले अभिव्यक्ति पाएका हुन्छन् । जीवनका सुख–दुःख, हर्ष–विस्मात, प्रेमिल भाव र विद्रोही चेतका साथै समकालीन जीवनका कटुयथार्थ, जटिलता र विसङ्गतिहरूले पनि कवितामा सहज अभिव्यक्ति पाएका हुन्छन् । प्रस्तुत कृतिमा सङ्कलित कविता, गीत, गजल र केस्राहरूले पनि मानवीय जीवनका यिनै विविध भावहरूलाई सफलतापूर्वक प्रस्तुत गरेका छन् ।


केही कविताले जीविकोपार्जनका लागि मातृभूमि छाडेर अपरिचित दूर देशमा जानुपर्ने विपन्न नेपाली नागरिकहरूका बाध्यतालाई प्रस्तुत गरेका छन् । तिनका प्रियजनले भोग्ने पीडा पनि कविताका कथ्य बनेका छन् । काङमाङ नरेश राईको ‘जेट पिलेनमै गयो होला’ यस्तै भाव बोकेको कविता हो । हेरौँ कवितांश –
आज त्यो साँच्चै
जेट पिलेनमै गाको हो र ?
डाँडामाथि बसेको आकाश हेर्छु
छाती पोल्छ
मन भकानिन्छ (पृ.५) ।
केही कविताले कमजोर र पहुँचविहीन नागरिकहरूलाई राज्यले संरक्षण दिन नसकेको भावलाई सुन्दर काव्यिक अभिव्यक्ति दिएका छन् । यस्ता कविताले शक्ति संरचनाको पिँधमा रहेका निर्धा नागरिकहरू दिनहुँ शोषित र दमित हुने गरेको यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । राजु स्याङतानको ‘बलात्कारी’ यस्तै भाव बोकेको सुन्दर कविता हो । प्रस्तुत छ कवितांश ः
आज फेरि सुनियो
कसैको अनैतिक गर्भ बोकेर
सुनकोसीमा फाल हानिन्
दिलमाया तामाङ
यसपटक ‘सुसाइड नोट’ फेला प¥यो
नोटमा लेखिएको थियो बलात्कारीको नाम
लेखिएको थियो ‘राज्य’ । (पृ.९) ।
कविताको भावले मर्ममै प्रहार गर्छ र मानिसलाई सोच्न बाध्य बनाउँछ । पुस्तकमा सैनिक जीवनका कठोरता, बाध्यता र जटिलतालाई जीवन्त रूपमा प्रस्तुत गर्ने कविताहरू पनि समेटिएका छन् । हतुवाली जेठाको ‘त्यो एम्बुस पोइन्ट’ र बुद्धि तेम्बे माइलाको ‘एउटा सिपाहीको बकपत्र’ यस्तै भाव बोकेका काव्यिक सिर्जना हुन् । हेरौँ, एउटा कवितांश ः
हामी गइरहेका छौँ
आज निकै दिन पश्चात्
दोहोरो भिडन्तको मार खान
धेरै नै चलाख र चतु¥याइँका साथ आउने छ
दुश्मन
पहिला उसले चाल पाउने कि मैले ?
पहिला फायर उसले खोल्ने कि मैले ? (पृ.१५) ।
प्रस्तुत कवितांशमा सैनिक जीवनमा हुने जीवनको अनिश्चितताको मार्मिक चित्रण गरिएको छ । प्रस्तुत कवितामा कवि हतुवाली जेठाले सैनिक जीवनको कष्टलाई प्रस्तुत गरेका छन् । पुस्तकमा राज्यको विभेदकारी नीतिविरुद्ध पनि काव्यिक अभिव्यक्तिले स्थान पाएका छन् । रेखा सुवेदीको ‘हराएको यलम्बर खोजिरहेछु’ कवितामा यस्तै भाव व्यक्त भएको छ । यसै कविताको एक टुक्रा ः
यति बेला उसको राज्य
बैशाखी बाँड्दैछ
जङ्गल फाँडी चिहानघारी बनाउँदैछ
मानवकङ्काल बटुल्दै छ
तर मौन छ
असमर्थ छ
सुरक्षा दिन आप्mना नागरिकलाई
अधिकार दिन
भूगोलका सान्दर्भिक कित्ताहरूलाई (पृ.१८–१९) ।
पुस्तकमा सङ्कलित कविताहरूले विभेदकारी शासकीय चरित्रको विरोध, विपन्न नागरिकहरूको कष्टकर जीवन, नारीले भोग्नुपर्ने अनन्त दुःख, प्रेमिल भाव, विद्रोहचेतजस्ता विविध भावहरूलाई अभिव्यक्ति दिएका छन् ।
स्वाभाविक छ – पुस्तकका सबै रचना अब्बल छैनन् । केही रचना कला र विचारको उचित सङ्गम बनेका छन्, केही मध्यम स्तरका छन् भने केही रचनाले अभैm अभ्यास र साधनाको खाँचो आवश्यक रहेको सङ्केत गरेका छन् । यसमा सङ्कलित अन्तर्वार्ताहरूले नवोदित कवि–लेखकहरूलाई लेखनको महत्तव र गरिमाबारे बुझ्न मार्गनिर्देशन गर्ने विश्वास गर्न सकिन्छ ।

यिनै विशेषताहरूका कारण कृति सङ्ग्रहणीय बनेको छ । यस्तो पवित्र कर्ममा सम्पादक दिप्सालीलाई थुप्रै संस्था र व्यक्तिहरूले आर्थिक र भौतिक सहयोग गरेका छन् । प्रकाशकका भूमिकामा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह (भारत), तायाजोङ मिडिया एन्ड प्रोडक्सन प्रा.लि. (काठमाडौँ) र पात्लेपानी कला, साहित्य प्रतिष्ठान हतुवागढी (भोजपुर) ले सहयोग गरेका छन् भने आवरण चित्र भोजपुरका कलाकार ओम डिसिआरले कोरेका छन् । यस्तै, विधागत चित्र धनकुटाका कलाकार मुकुन्द प्रयास र मुहार स्केच पोखराका कलाकार कृष्ण मर्सानीले प्रस्तुत गरेका छन् । भाषा सम्पादन नवराज विष्टले गरेका छन् भने अतिथि सम्पादकका रूपमा राज माङ्लाकले गहन जिम्मेवारी बोकेका छन् । पुस्तक प्रकाशनमा यसबाहेक पनि थुप्रै व्यक्तिहरूले योगदान दिएका छन् । यी सबै सहयोगी संस्था र व्यक्तिहरू साधुवादका हकदार छन् ।229574_1821551832920_661162_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

– राजेश विद्रोही

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved