पागल घोडाविरुद्ध

  • जेठ २३, २०७८
  • "राजेश विद्रोही"
alt

अलिखित इतिहासको
एउटा खण्डबाट
अप्राकृतिक रूपमा
फुत्त निस्किएको पागल घोडा
कुदिरहेछ जथाभावी
सभ्यताका बारहरू भत्काउँदै
घामका किरणहरूलाई कुल्चँदै
पाखाभरि राताम्मे फुलेका
लालीगुराँसका नीला भावनाहरूमाथि
निर्मम टापहरू बजार्दै
बेलगाम कुदिरहेको पागल घोडा
समयको वेगलाई पल्टाउने
हास्यास्पद प्रयासमा
अघिल्ला खुट्टाहरू उफारेर
वीभत्स हिन्हिनाइरहेछ
यति बेला जोखिममा परेको छ गुराँसको अस्तित्व
शताब्दीयौँदेखि
आँधी र असिनालाई झेल्दै आएका गुराँसहरू
अस्तित्व रक्षाका निम्ति अन्तिमपटक
ज्यानको बाजी थापेर
उभिएका छन् पागल घोडाविरुद्ध
शिशिरका अन्तिम प्रहरहरू
गालामा चीसो थप्पड हिर्काएर चिप्लिरहेका छन्
पागल घोडाको वेगसँगै हुर्रिएर
पहेँला पातहरू उडिरहेका छन्
घोडालाई पछ्याउँदै
कहिल्यै नदेखिएका पहेँला पातहरू
दुलोबाट निस्किरहेका छन् फुत्त–फुत्त
समयभन्दा पहिले नै पुगेका छन्
मृत्युका पदचापहरू कोलाहल मच्चाउँदै
मानव बस्तीहरूमा
शान्त पर्वत प्रान्तका निरीह जीवनहरू
यस युगकै अभूतपूर्व हिमपातसँग युद्धरत् छन्
पागल घोडा कुदिरहेकै छ
हरिया झारहरूलाई निमोठ्दै
बेमौसमको राग अलाप्दै
पहेँला पातहरूको जुलुस निस्किएको छ सडकमा
पर्वत प्रान्तमा अभूतपूर्व हिमपात भइरहेको छ
प्रयास भइरहेको भ्रम पैmल्याउने
मानौँ– हरियालीको युग समाप्त भएको छ अब
तर वसन्त परबाट हात हल्लाइरहेको छ
किनभने शिशिरका शुष्क पाइलाहरू
समयको छातीमा तिखा नङ्ग्राहरू गाड्दै
आप्mनो यात्राको अन्तिम क्षणमा
कष्टपूर्वक घस्रिरहेका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved