चन्द्र संस्कृतका ६ वर्ष : सन्जोग बाबु दाहाल

  • बैशाख २६, २०७८
  • सन्जोग बाबु दाहाल
alt

आज भन्दा ६ वर्ष अगाडी संस्कृत प्रति मेरो मोह खै किन हो ज्यादै थियो बाह्रमण समुदायको छारो भएकोले पनि हो कि समाजको ईच्छा त्यस्तै प्रकारको पो हो कि । २०७५ सालको वार्षिक परीक्षा सके पछि संस्कृत पढ्न जाने , फेरी विद्यालय परिवर्तन को सोख त्यती बेला धेरै हुने गर्दथ्यो घर बाट एकरात्र कहिले कतै गएर नसुतेको म घर बाट हिड्दा त खुब शानमा थिए ।

ख्याल ख्यालमा जान तयार भए समानको झोला सबै राति नै तयार पारेर सुते भोली बाट धरानको बसाईं कस्तो होला मनमा कल्पना गर्दै धरान बजार कल्पना गर्दै सुते, मेरो मनमा अलिकति पनि घर बाट टाढा जादैछु भन्ने सोच आएको थिएन । भोलि पल्ट बिहानै उठे तयारी भए मनमा राति देखिका धरान बसार्ईंमा के के गर्ने भन्ने खालका उत्तसाह हरु थिए । संस्कृत पढन जान लागेको छोरोको लागि घरमा अगाडीनै बाबा मामिले त्यहीँ अनुसारको पहिरन दौरा सुरुवाल तयार परिदिनु भएको थियो । त्यस दिन जीवनमा मेरा दुई नयाँ कुराको अनुभव गर्ने मौका पाएको थिए । एउटा थियो जीवनमा पहिलो पटक लगाएको दौरा सुरुवाल त अर्काे घर बाहिर बसेर पढ्ने अनुभव त्यो पनि धरान शहर । वाह !

नयाँ लुगा त्यो पनि दौरा सुरुवाल लगाएर दङ्ग भएर बसको पर्खाइमा बाटो तिर हेर्दै बसे । गाउँमा म धरान पढ्न जाने कुराको चर्चा चलिसकेको रहेछ ।“दाहालको छोरो संस्कृत पढ्न धरान जादैछ रे” भन्ने हल्ला गाउँमा चलिसकेको रहेछ, एकदुई जना त मलाई विदाई गर्न पनि आएका थिए । धरान जाने भएर त्यसै पुरुङ्ग त्यस माथि मलाई विदाई गर्न आएका मनिसहरु देख्दा मन आकाशमा उड्न थालिसकेको थियो ।

घर अगाडी की बजगाईं ठूलदिदीले टिका लगाएर दिएको त्यो २० रुपांैया को नोट त्यती बेला त २० कति ठुलो थियो कति धेरै मिठाई आउथ्यो तर मेरो मन मा मात्र के थिया भने त्यो घर छेउको गुड्डु दादा को पसलमा पाइने त्यो १ रुपैंया को ४ वटा आउने त्यो सुन्तला चक्लेट पाउला कि नपाउला ती बुढा बाजे बनाईदने जस्तै ५ रुपैंया को चटपटे धरान मा कस्ले बनाइदेला यस्तै–यस्तै कुरा मनमा खेलीरहेका थिए , छिमेकी भट्टराई माउजुले दिएको त्यो २० को नोट अझै पनि झल झल याद आउँछ । त्यतीकैमा गाडी आयो ममि र म बस चढ्यौं , गाउ बाट सिधै धरान सम्मको बस चल्दैन थियो त्यसलै हामी १ घण्टा लगाएर त्यहीं बसमा कानेपोखरी सम्म निकलियौं कानेपोखरी बाट हामी धरान सम्मको यात्राको लागि अर्काे गाडी चढ्यौं मन मा अनेक उत्तसाह लिएर घर बाट हिडेको म , सायद त्यो समयमा मैले लिएको मेरो जिन्दगीमा त्यो नै सबै भन्दा ठुलो निर्णय थियो । गाडी आफ्नै गतिमा गुडिरहेको थियो । सानो छदै ६ वर्ष जतिको हुदा बाबा सँग बोलबम धरान , चतरा आएको थिए रे तर, मलाई त्यती सम्झना थिएन ।

खलासी दाईले हल्ला गर्न थाले नन् स्टप धरान धरान भनेर तब मात्र मेरो मन मा चिसो पस्यो म त आज बाट धरान मा बस्दै छु गाउका ती साथिभाई घर सबै बाट टाढा भन्ने भान त्यती बेला मात्र भयो । सायद अहिले बुझ्दा गाडी ईटहरी बाट धरान तर्फ मोडिएको थियो होला ।

त्यस बेलै मेरो मन मा चिसो पस्यो । म त आज बाट धरानमा बस्दै छु गाउँका ती साथिभाई घर सबै बाट टाढा भन्ने भान त्यती बेला मात्र भयो । मेरो मनमा भएका ती जोस जागर घटेर आयो मांशपेशीहरु पनि स्थिल भए जस्तो अनुभव भयो यतीकै मा गाडी जगंल छिरि सकेको रहेछ ड्राईभरले गाडीको गति बढाए, गाडि तुफान कुद्न थाल्यो । गाडी धरान भानुचोकमा पुगेर टक्क रोकियो खलासीले हल्ला गर्न थाल्यो ल ल र्झनुहोस धरान आयो सामान समातनु होस ल ल । म र ममि गाडि बाट झरेर समान झारिउ र एउटा टेम्पु हाम्रो अगाडी आएर रोकियो टेम्पु को दाइले कता जाने भनेर सोधे हामी छाता चोक टेलिकम अफिस छिउ जाने भनेसि ती टेम्पो वाला दाईले समान टेम्पोमा हाले अनि हामी टेलिकम अफिस तिर बढ्यौं । त्याँहा पुग्दा त बाबा हामी भन्दा अगाडीनै त्यहाँ आइसक्नु भएको रहेछ । हामी त्याहा बाट एउटै बाइकमा तीन जना र समान लिएर खहरे खोलाको डिलै डिल विद्यालय तिर बढ्यौं । सरकारी विद्यालय त्यस माथि पनि संस्कृत पढाइ हुने विद्यालयमा विद्यार्थी त्यसै कम हुने भइ हाल्यो ।
ठुलो कालो गेट खुल्ला थियो त्यही गेट बाट हामी भित्र पस्यौं बाबाले सरासर विद्यालयको प्रशासन कक्ष तिर लिएर जानु भयो नयाँ नयाँ मान्छेहरु को अनुहार देख्दा म न्याउरो भैसकेको थिए , फेरी त्यहा भए मध्येको हट्टा कट्टा ठुलो ज्यान भएको हेर्दा डर लागने एक जना मान्छेले मलाई बोलाउनु भयो । त्यो मान्छे विज्ञान र गणित पढाउने त्यती बेलाको सहायक प्र.अ अजय शाही हुनुदोरहेछ अहिले चिन्दा अझ पनि आखा बन्द गरेर अजय सर को नाम लिदा मन एउटा सानो सानो भुक्मप गएको अनुभुति हुन्छ । म मात्र नभएर त्याँहाका जो कोही पनि अजय सर सग डराउदा रहेछन । अजय सरले बोलाएर नाम सोध्नु भयो अड्किदै अड्किदै नाम भने मेरो बोरमा थप सोध्नु भयो घर का , कति वर्षको भयौं ? जस्तै जस्तै धेरै कुराहरु सोधेपछि मेरो परीक्षा पनि लिनु भयो गणित, विज्ञान, अगं्रेजी लगायत धेरै प्रश्न सोध्नु भयो त्यसपछि विद्यालयका प्र अ लेखेको कुर्सीमा एक जना बुढा मान्छे हुनुन्थियो वहाँले नि त्यस्तै प्रकारको प्रश्नहरु सोध्नु भयो । मैले फटा फट् उत्तर दिए ।

त्यस पछि म कक्षा तर्फ गए कक्षा पुग्दा त म छक्क परे कक्षा मा जम्मा ६ जना रहेछन् । त्यस पछि अब कोठा हेर्नु पर्छ भन्दै एक जना मान्छे मेरो छेउमा आउनु भयो र मलाई लिएर होस्टल तिर लानु भयो होस्टलमा लगेर १ देखी ११ नम्बर सम्म का कोठा देखाउनु भयो कोठा देखाउदै आफ्नो परिचय दिदै भन्नु भयो म यो होस्टलको संरक्षक सूर्य अधिकारी हो । हाँसिरहने बोलिरहेन सर हुनुदो रहेछ होस्टलको ५ नम्बर कोठा मा मेरो बस्ने कुरा निश्चित भयो । मेरो कोठाका साथिको कक्षा ९ मा पढ्ने ईटहरी आपगाछी को रोशन निरौला दाई हुनुन्थियो ।

दाई भए पनि साथि जस्तै मिलानसार थिए । दाईले मलाइ भाइ भनेर सम्बोधन गर्नु हुन्थ्यिो तर म दाइ तिमी भन्थे तिमी भन्दा पनि नरिसाउने त भन्दा नि नरिसाउन माया गर्ने रुम पार्टनर पाएको थिए । बाबा र रोशन दादा को बाबा दुईजना भाडा कुडा सब्जी लिन बजार जानु भयो एकछिन पछि आउनु भयो सामान हरु मिलाउनु भयो अब ममि बाबा जाने बेला भयो भन्दा मनमा चिसो पस्यो एकरात बाहिर नबसेको म आज बाट एक्लै बस्दैछु यो सम्झेर मन थाम्न सकिन आखा बाट आसु खस्न लागे तर मन थामेर बसे । त्यती बेला सम्म विद्यालयमा पढ्ने होस्टलमा बस्ने त्यो समयको र सायदै त्यो छात्रावासमा बस्न घर बाट आउनेहरु मध्य साने उमेरको म नै थिए ।

त्यहाँ बस्ने दाईहरु सबै मलाई हेर्न ५नम्बर को कोठा मा जम्मा भइसक्नु भएको थियो कारण थियो म अनि मेरो उमेर सबै जना को साझा प्रश्न थियो या फुच्चे केटो यो हस्टलमा टिक्ला र ? हामीलाइ त वाक्क लाग्छ अहिले पनि । बाबाले सर तिर हेर्दै भन्नु भयो ल सर अब हामी जान्छौ हामी फोन गर्दै गर्छौं सरले यसो हेर बिचार गर्दिनु पर्याे सरले अघि जस्तै मुस्कुराउदै जवाफमा “हुन्छ भइ हाल्छ नि दाजु तपाईंहरु ढुक्कले जानुस केटो म सग छ ।” ममि पनि बसेको ठाँउ बाट आखा मच्दिै मच्दिै उठ्नु भयो घर को एक्लो छोरो सानै छ के खाला ? नखाला घर बाट एकरात कहिले कतै नबिताएको फेरी आमाको मन न हो अहिले मलाई लाग्छ यस्तै यस्तै कुरा हरु मनमा आए होला आखा भरि आसु पार्नु भयो ती सबै दृश्य देखेर मैले पनि मन थाम्न कहाँ सकेर भक्कानो फुटेर आयो आँखा बाट आसु तप–तप चुहियो मलाई देखेर ममिका पनि आँखा बाट आसु झर्न थाले ममि आसु पुस्दै उठेर कोठा बाहिर निक्लनु भयो । सबैजना गए बाँकी भयौ हामी दुई भाई कोठा मा म सगै बस्ने रोशन दाईं र म ।

म केही बोलिन रोशन दाइले पनि खै किन हो त्यती बेला मलाई बोलाउन चाहानु भएन म ममिले मलिाइदिए को ओछ्यानमा घोप्टोपरे सुक्क सुक्क रुन थाले केही समय पछि एक जना दाजु आउनु भयो ती दाजुको पनि नाम रोशन नै रहेछ तर झापाका ति दाई मलाइ खुब हसाउन खोज्दै थिए तर मैले मन थाम्न सकेको थिइन धेरै बेर पछि मन थामियो ती दाई को कुरा सुनेर । मलाई सान्तवना दिदै भन्दै थिए “भाई तेरो जस्तै सानै उमेरमा म झापा गुरुकुलमा बसेको हु तलाई जस्तै मलाई नि सुरुमा यस्तै हुन्थ्यो बिस्तारै बानि परिन्छ ।” म छक्क पर्थे घर छोडेर बस्न कसरि बानि पर्छ र म अच्मित थिए । बिस्तारै साँझ पर्दै थियो खाना पकाउनु पर्छ भन्दै रोशन दाई तयारी गर्दै हुनुन्थ्यिो म के गर्ने के नगर्ने दोधार मा थिए ।

दाईले केही काम लगाउन भएन मैले सोचे नयाँ भएर दाईलाइ काम लगाउन गाह्रो भयो होला सबै काम दाईले गर्नु भयो खाना पाको खाना खाएर सुत्ने तरखरमा लागिम मलाई । फेरी घर तिरैको याद आउन लागे म आँखा बन्द गरेर रुदै रुदै घोप्टो परेर सुते बिहानै ४ बजे निन्द्र खुल्यो अनि कोठा अगाडी भएको समि को फेदमा गएर बसे । सर पनि ४ बजे उठ्नु हँुदो रहेछ सरले ५ बजे तिर मलाई रुख मुनि देखेर बेलाउनु भयो भाई के भयो किन नसुतेको जस्ता धेरै कुरा सोध्नु भयो । चुपचाप बसे मेरो उत्तर बस टाउको हल्लाउने मात्रै थियो । सरले नै चिया पनि खुवाउनु भयो । मेरो स्कुल को पहिलो दिन थियो त्यो दिन । म स्कुल जान पोशाक लगाएर तयारी भए । पहिलो दिन भएकाले उत्तसाह पनि थियो घर को सम्झनाले भाबुक पनि थिए , कक्षामा बसे सरहरु आउनु भयो पढाउनु भयो जानु भयो । नयाँ नयाँ भएकोले साथिहरु पनि कोही बनाएको थिईन कक्षामा हामी जम्मा २ जना केटा मात्र थियौं ।

 

received_245822003252665 received_311169923178132 received_1412448438956309 received_1916950855104612

एक जना म अर्काे सन्तोष । सन्तोषले दोस्तीको हात अगाडी बढायो चिनजान भयो । उसको पनि घर मोरङ भाउन्ने रहेछ मलाई नि घर नजिकैको साथि पाउदा खुसी लाग्यो । क्रमश सबै सग चिनजान भयो । विद्यालय छुट्टी भयो होस्टल तिर गए होस्टलमा सबै जना सग भेट भयो रोशन ढकाल रोशन निरौला दाईहरुले मलाई बजार घुमाउने भन्नु भयो ठिकै छ भनेर म नि दाईहरु सग गए सरलाई भनेर । सरले नि हुन्छ होस गर तर बजारमा अलिक सानो छ भनेर पठाउनु भयो । मलाई घर भुलाउने एक मात्र विकल्प भनेको नै धरान बजार डुल्नु थियो । दुई रोशन दाई पछि म सग नजिक थिए ठुले साने जुम्लिह्या दाजुहरु रोशन ढकाल मजाक गर्ने हसाउन सक्ने मान्छे थिए । मेरो दिन चरीया १ हप्ता सम्म यसरीनै बित्यो । शुक्रबार घर जाने कुरा चल्यो । धरान बसाई पछि को पहिलो पटक घर जान लागदै थिए मन खुसी थियो । मनमा यस्तै यस्तै कुरा खेलाउदैँ दिनहरु बित्दै गए , शुक्रबार पनि आयो घर गए २ दिन बसे । बल्ल बल्ल घर आएको फेरी धरान जाने मन थिएन र पनि जान तयार भए । धरान पुगे पछि फेरी घरको यादहरु आउन लागे कोही मोरङको मान्छे भेटियो भने घरकै मान्छे जस्तो लाग्थ्यो ।

घरको याद भुलाउन जे जे जति गरे पनि अह मैले सकिन । सुत्न ओछ्यान पुग्थे तर याद झन झन आउथ्यो । कति रात आसुले भिजेर बित्यो ती दिन सम्झिदा अझै आखा भरिएर आउछन । मेरा साथिहरु घरमा बसेर डुलेर खेलेर बसेका होलान भन्थे साथिहरु पनि सन्जोगे धरान मा छ धरान वा सहर भन्थे तर उनिहरुलाई था थिएन त्यो विराने सहरमा सन्जोगको साथि छैन्न भन्ने यसरि सुरु भएको मेरो जिन्दगीको एउटा अध्याय ६ कक्षा मा आएको फुच्चे १० सकेर हिड्यो ती बिचको समय मा के के भएन हासो खुसी पनि थिए आसु पनि धेरै थिए । हामी तिन भाई थियौं २ रोशन र म । हाम्रो बजार घुम्ने नियमित जस्तै हुन्थ्यो । हप्तामा एक चोट घर जाने आउने भइरहन्थ्यो १ वर्ष सम्म यो प्रकृया चलिरहयो ।

१ वर्ष सम्मका धारनमा बिताएका रात घर न.सम्झिएर आखा नरसाएका रात थिएन्न । समय बित्दै गयो ती १ वर्ष मा मेरो सम्बन्ध विद्यालयका सबै विद्यार्थी र शिक्षकहरु सग झन झन राम्रो प्रगाढ बन्दै गयो । धरान त्यसमा पनि चन्द्र संस्कृत स्कुल मेरा लागि सपना पुरा गर्ने, सफलताको सिडी बन्न पुग्यो । त्याहँो पढने पुराना विध्यार्थीहरु को सुचिमा मेरो नाम पनि थियो । नयाँ नयाँ शिक्षक आउनु भयो पुराना शिक्षकहरु जानु भयो स्कुल भित्र मात्र नभएर मेरो स्कुल आसपासका घर त्याहा का मान्छे सबै सग बोलचाल हुन थाल्यो ।

मलाई समसामायिक कुराहरुमा रुचि ज्यादै थियो संयोग हो कि के हो होस्टलको सर पनि त्यस्तै हुनुन्छ सरले मलाई धेरै सहयोग गर्नु हुन्थ्यो । नयाँ नयाँ कुरा सिकाउने सुनाउने गर्नुहुन्छ मेरो ज्ञान अझ बढ्दै गयो । ठाउँ ठाउँका साथिहरु सग भेट भयो चिनजान भयो स्कुलमा सबै जना रमाईला थिए । त्याँहा को बसाई रमाइलो थियो कहिले सर को स्याबासि पनि खाइन्थियो त कहिले गालि पनि खाइन्थियो ६ वर्षको बसाई सकेर हिड्ने दिन पनि आयो घर छोड्दा को जस्तै अनुभव भयो ६ वर्ष का तिता मिठा यादहरु सम्झदा अजै शरीरमा करेन्ट लागे जस्तो हुन्छ ।

म दिनहु जसो समय मिल्ना साथ म स्कुल जान्छु सबै सग भेटघाट रमाईलो गर्छु प्राय मेरो बिहानि चिया स्कुल छेउका २ पसल तामाङ बाजे को मा र गोपाल अङ्कल मै बित्ने गर्छ । जिन्दगी लामो छ अझै धेरै मोडहरु आउला तर एउटा मेरो बिर्सन नसक्ने यादहरु मध्ये धरान को चन्द्र संस्कृत एक हो ।


यो सामग्री पहिलो पटक २०७७ साल चैत २२ गते प्रकाशन गरिएको थियो ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved