धरान–१७ को एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सोमबार आठजना घाइते भएका छन् । तीमध्ये दुईजनालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । केही समयअघि काठमाडौँमा ग्यास चुहावट भएकै कारण आगोले जलेर नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने नेता भण्डारी पनि घाइते भए । उनको उपचार भारतमा भइरहेको छ । यसबाहेक पनि यसबीचमा देशका विभिन्न स्थानमा यस्ता घटना भएका समाचार आएका छन् । पछिल्ला यी घटनाहरूले ग्यास विस्फोट वा ग्यासको चुहावटका कारण मानव जीवनमाथि असुरक्षा बढ्न थालेका सङ्केत दिएका छन् । हुन त ग्यास सिलिन्डर विस्फोट वा ग्यास चुहावटका घटना मात्र हुन थालेका होइनन् । यसअघि पनि यस्ता घटन
हाम्रो देशमा सार्वजनिक सेवाका क्षेत्र चुस्त र व्यवस्थित छैनन् । गैरराजनीतिक क्षेत्रमा समेत अत्यधिक राजनीतिकरण हुँदा जताततै बेथिति देखिएको छ । अत्यधिक राजनीतिकरणकै कारण कतिपय क्षेत्र थला परेका छन् भने कतिपय क्षेत्र लथालिङ्ग अवस्थामा छन् । यस्तै राजनीतिक चलखेलको सिकार बनेको छ, विराटनगरस्थित कोशी अस्पताल । जनस्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई समेत राजनीतिको अखडा बनाउँदा यसको असर जनस्वास्थ्यमा पर्ने गरेको छ । सरकार वा मन्त्री परिवर्तनसँगै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने गरेको छ । २०६१ सालयता यहाँ १७ जना मेसु परिवर्तन भइसकेका छन् । कुनै ठोस कारण र आवश्
सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक धुवाँ धुलोबाट पीडित भएको समाचार प्रकाशमा आएको छ । सो सडकखण्डको स्तरोन्नति नहुँदा त्यहाँका नागरिकलाई लुगा र खाद्य सामग्री जोगाउन समस्या भएको छ । यति मात्र होइन, खेतबारीका अन्नबाली तथा तरकारी जोगाउन पनि समस्या भएको कुरा समाारमा उल्लेख छ । धुवाँ धुलोका कारण त्यहाँका नागरिकले स्वच्छ हावामा श्वास फेर्न पनि पाएका छैनन् । यसबाट त्यहाँका नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । सडक स्तरोन्नति हुन नसक्दा स्थानीयको जनजीवनमै नकारात्मक प्रभाव पर्न थालेको छ । धुलोले ढाकेर बालीनाली नसप्रिने समस्या किसानले भोगिरहेका छ
नेपालमा लघुवित्त कार्यक्रममाथि विभिन्न प्रश्नहरू तेर्सिन थालेका छन् । लघुवित्तबाट ऋण लिएका केही सर्वसाधारण ऋण असुलीका लागि लघुवित्तले दिएको अनावश्यक दवाबकै कारण आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको आरोपका कारण लघुवित्त कार्यक्रम नै विवादमा परेको छ । बङ्गलादेशमा भने प्रशंसनीय कार्य गरेको भन्दै लघुवित्तले उच्च सम्मान पाएको थियो तर यही कार्यक्रम यहाँ भने विवादित बनेको छ । निम्न वर्गका नागरिकहरूलाई पहिले ऋण लिन लोभ्याउने र ऋण लिएपछि ‘दुहुनो गाई’ बनाउने गरेको आरोप लघुवित्त कार्यक्रममाथि लागेको छ । लघुवित्त संस्थाका नकारात्मक पक्ष मात्रै छैनन् । यसका केही सकारात्मक पक्ष पनि छन
प्रत्येक वर्ष ५ लाखभन्दा बढी नेपालीले श्रम बजारमा प्रवेश गर्ने बताइन्छ । श्रम बजारमा प्रवेश गर्ने यी युवाका लागि स्वदेशमा रोजगारको पर्याप्त अवसर छैन। यसलाई कुनै पनि सरकार वा राजनीतिक दलले गम्भीरतापूर्वक आफ्नो एजेन्डा बनाएको छैन । स्वदेशमा रोजगारको अवसर नपाएपछि नागरिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । अहिले पनि दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । यीमध्ये अधिकांश खाडी, मलेसिया, जापान, दक्षिण कोरिया र पूर्वी युरोपसम्म पुग्ने गर्छन् । वैदेशिक रोजगारीमा जाने यिनै युवाले पठाउने विप्रेषणले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । यो सकारात्मक पक्ष हो तर यसका अनेक नकारात्मक
हरेक क्षेत्रमा समस्या छ । देशमा एक होइन, अनेक समस्या छन् । सर्वसाधारण नागरिकहरू जहाँ पनि पीडित नै छन् । वैदेशिक रोजगारका नाममा होस् वा सहकारीका नाममा हरेक क्षेत्रमा सर्वसाधारणहरू ठगिएका छन्, लुटिएका छन् । यिनै पीडितलाई अनेक आश्वासन दिएर कसैले राजनीतिक लाभ लिइरहेका छन् । यस्तै बेथितिहरूका कारण सर्वसाधारण आजित भइसकेका छन् तर जति नै आजित भए पनि कुनै उपाय छैन । यस्तै उपायहीन भएपछि सर्वसाधारण नागरिकहरू बाध्य भएर सडकमा ओर्लिन्छन् । लघुवित्त संस्थाबाट पीडित सर्वसाधारण पनि आन्दोलनमा ओर्लिएका छन् । लघुवित्तले महिलाहरूलाई आर्थिक शोषण गरेको पीडित महिलाहरूको आरोप छ । सरकारले आइतबार जनयुद्ध दिवसको व
आफ्ना उत्पादनले उचित मूल्य नपाएकामा धरान उपमहानगरपालिका–२० का किसानहरू चिन्तित भएको समाचार आएको छ । साबिक विष्णुपादुका गाविसलाई अहिले धरान उमनपाकै वडा नम्बर २० बनाइएको छ । सात वर्षअगाडि ‘बेसार जोन’ घोषणा गरिएको सो क्षेत्रमा उत्पादित बेसारले उचित मूल्य नपाएको उनीहरूको भनाइ छ । स्थानीय सरकार तथा व्यवसायीहरूले विष्णुपादुकालाई ‘बेसार जोन’ को रूपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर त्यसअनुसार काम अगाडि बढ्न नसक्दा योजना अलपत्र परेको छ । विष्णुपादुकामा बेसार, अदुवा र अम्लिसोलाई नगदेबालीका रूपमा लिने गरिएको छ तर यी कृषि सामग्रीले बजार पाउन सकेका छैनन् । बिचौलियाले म
कृषियोग्य जमीन संरक्षण गर्न सरकारले भू–उपयोय नीति जारी गरे पनि कृषियोग्य जमीन संरक्षण नहुने अवस्था देखिएको छ । कृषियोग्य जमीनको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादनमा वृद्धि, खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित शहरीकरणलगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति जारी गरेको हो । अहिले अवस्था भिन्न देखिन थालेको छ । कृषि क्षेत्रमा परेपछि दुई कट्ठाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने र मूल्य पनि सस्तो पर्ने ठानेर सर्वसाधारणले कृषियोग्य उर्वर भूमिलाई पनि आवास क्षेत्रमा पार्ने प्रयास गर्न थालेपछि सरकारी उद्देश्य नै असफल हुने देखिए
माघ सकिन लाग्दासमेत हिमपात नहुँदा पूर्वी हिमाली क्षेत्रमा जनजीवनमा नकारात्मक असर पर्न थालेको समाचार प्रकाशित भएको छ । अघिल्ला वर्षहरूमा ताप्लेजुङ, सङ्खुवासभावजस्ता हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो साता नै हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरू सेताम्य हुन्थे तर अहिले हिमपात नहुँदा कञ्चनजङ्घा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ । यसको असर बहुआयामिक हुने निश्चित छ । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा भएको हिउँ पनि पग्लेपछि हिमताल सुकेर पानीको हाहाकार हुने सम्भावनाले स्थानीय चिन्तित छन् । सुक्खा मौसम भएपछि घाँसपात पनि उम्रिदैन । उच्च हिमाली क्षेत्रमा अन्न उत्पादन नहुने भएकाल
आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो । किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु