रोङ गाउँपालिकाको रचनात्मक कार्यक्रम

  • माघ १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

परिवर्तनका लागि सिर्जनशीलता आवश्यक हुन्छ । परिवर्तनका लागि सधैँभरि ठूलै क्रान्ति गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ स–साना प्रयासबाट पनि परिवर्तनलाई सम्भव बनाउन सकिन्छ ।

चाहिन्छ त केवल सिर्जनशीलता । सिर्जनात्मक ढङ्गबाट सानै प्रयास ग¥यौँ भने पनि परिवर्तनको मार्ग बनाउन सक्छौँ ।

यसको सुन्दर उदाहरण इलामको रोङ गाउँपालिकाले प्रस्तुत गरेको छ । कुनै पनि बालबालिकाले खर्चको अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर रोङ गाउँपालिकाले यस वर्षदेखि

‘एक रुपैयाँ बचत’ अभियान चलाइरहेको छ । यस अभियानअन्तर्गत गाउँपालिकाले आप्mनो क्षेत्रका प्रत्येक बालबालिकाको बैंक खातामा हरेक दिन एक रुपैयाँ जम्मा गरिदिने गरेको छ भने बालबालिकाहरूलाई पनि आपैmँ बचत गर्न प्रेरित गर्ने गरेको छ ।

गाउँपालिका क्षेत्रको हरेक बालबालिकाको खातामा दैनिक एक रुपैयाँका दरले यो कार्यक्रमका लागि पालिकाको वार्षिक पाँच लाख ९४ हजार रुपैयाँ खर्च हुने गरेको बताइएको छ । बालबालिकालाई पनि दिनको कम्तीमा एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक छ हजार रुपैयाँसम्म बचत गरिरहेको समाचारमा आएको छ ।

दैनिक एक रुपैयाँका दरले बचत गर्दा एक महिनामा ३० रुपैयाँ हुने हो तर उत्साहित भएर उनीहरूले मासिक छ हजार रुपैयाँसम्म बचत गरिरहेका छन् ।

रोङ गाउँपालिकाको ‘एक रुपैयाँ बचत’ कार्यक्रम नयाँ अवधारणा हो । यस कार्यक्रमले बालबालिकालाई बचत गर्ने संस्कार सिकाएको छ । यसले बालबालिकाको शिक्षामा पनि सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्न सकिन्छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य पनि बालबालिकाको शिक्षामा सहयोग गर्नु नै हो । कतिपय बालबालिका क्षमता भएर पनि खर्च अभावमा उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन् । अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण गाउँपालिकाका कुनै पनि बालबालिकाले उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाले बताएको छ ।
वास्तवमा यो सिर्जनशील र रचनात्मक कार्यक्रम देखिन्छ । थोरै पैसाले पनि ठूलै प्रभाव पार्न सकिन्छ भन्ने उदाहरण यसले दिएको छ ।

यसबाट बालबालिकामा बचतको संस्कार विकास भएको छ । यस कार्यक्रममा पालिकाको वार्षिक पाँच लाख ९४ हजार रुपैयाँ मात्र खर्च भइरहेको छ तर छात्रवृत्तिका रूपमा पालिकाले यो वर्ष २० लाख रुपैयाँ वितरण गर्दैछ । गत वर्ष २० लाख रुपैयाँभन्दा बढीकै छात्रवृत्ति वितरण गरेको थियो ।

आगामी दुई–तीन वर्षमा छात्रवृत्ति वितरण नगर्ने गाउँपालिकाको योजना छ ।

छात्रवृत्ति रकम एकैपटक वितरण गरिने र यसले बालबालिकाको उच्च शिक्षामा सकारात्मक परिणाम पनि नदिने पालिकाको अनुभव छ । हुन पनि छात्रवृत्तिको रकम बालबालिकाको शिक्षामा खासै सदुपयोग भएको पाइँदैन ।

बरु बालबालिकाको उच्च शिक्षामा सहयोग पुग्ने गरी अन्य स्थानीय तहका साथै प्रदेश र सङ्घ सरकारले पनि यस्तै कार्यक्रम प्रारम्भ गरे फलदायी हुने देखिन्छ । छात्रवृत्तिका लागि हुने सरकारी खर्च कटौती गरेर उच्च शिक्षामा सहयोग पुग्ने गरी कार्यक्रम सुरु गर्दा परिणाम सकारात्मक आउने विश्वास गर्न सकिन्छ ।

विज्ञहरूसँग परामर्श गरेर यस्तो कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्दा उपयुक्त हुने देखिन्छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved