Top 4

    Showing 911-920 of 9,370 items.
  • देशभर आज बेलुका ५ बजेसम्म निषेधाज्ञा कायमै, त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू

    सुनसरी/ नेपाली सेनाले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू कायमै रहनेछ । आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु भएको निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको सेनाले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा आज सूचना निकालेर सेनाले यो बेला अत्यावश्यक सेवाका गाडी जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका गाडी सञ्चालन हुने जनाएको छ । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ । साथै आधिकारीक सूचना सम्प्

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा जेनजी प्रदर्शनमा आठ जनाकाे मृत्यु , नयाँ बानेश्वर तनावग्रस्त

    काठमाडौं/  सोमबारको जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।   राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ । सबै रबरको गोली लागेर गम्भीर घाइते थिए। प्रहरीको बल प्रयोगपछि प्रदर्शन थप हिंसात्मक बनेको छ। दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र हाल पनि तनावग्रस्त छ, र घाइतेको संख्या अझै निश्चित भएको छैन।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोली लागेर एक जनाको मृत्यु ,बानेश्वर चोकमा प्रदर्शन झन् उग्र

    काठमाडौं/ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएपछि राजधानीको मुख्य चोक झन् तनावग्रस्त बनेको छ। सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरूको आक्रोश कम भएको छैन। उल्टै, उनीहरू अझ सङ्गठित भई सडकमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्। संसद् भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेर प्रदर्शन नियन्त्रण गर्न खोजेको छ। तर प्रदर्शनकारीले पनि संसद् भवन वरिपरि आगजनीको प्रयास गरेका छन्। भागदौडबीच केही जना घाइते भएका छन् भने स्थिति अझै तनावपूर्ण छ। बानेश्वर चोक अहिले राजधानीको सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा जेनजीको भव्य प्रदर्शन, बानेश्वरमा प्रहरीले हान्यो अश्रुग्यास

    काठमाडौं/ भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा आज  तनावपूर्ण अवस्था सिर्जना भएको छ। बिहान ९ बजेदेखि माइतीघर मण्डलाबाट सुरु भएको विरोध मार्च बानेश्वर पुग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। देशभर एकसाथ विरोध प्रदर्शनमा उत्रिएका जेनजी कार्यकर्ताहरू पछिल्लो समयमा सरकारले सामाजिक सञ्जाल बन्द गरेको कदमप्रति विशेष आक्रोशित देखिएका थिए। यही कारण उनीहरूले सामाजिक सञ्जालमार्फतै सरकारविरुद्धको आन्दोलनलाई जनस्तरमा उतारेका हुन्। शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रदर्शन बानेश्वरमा पुग्दा परिस्थिति चर्किएको थियो। माइतीघरबाट आएको समूहले प्रहरीको ब्यारिके

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि सुरु भयो पितृ पक्ष, श्रद्धा–भक्तिसहित मनाइँदै सोह्रश्राद्ध

    काठमाडौँ/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ भई आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनसम्म चल्ने यो अवधिभर दिवंगत पितृप्रति श्रद्धा अर्पण गरिन्छ। यस क्रममा प्रत्येक तिथिमा तर्पण, सिदादान र पिण्डदान गरी दिवंगत पितृलाई सम्झने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन शास्त्रीय परम्पराअनुसार, कुनै ठूलो चाडपर्व, यज्ञ–यागादि वा महत्वपूर्ण कार्य अघि पितृलाई श्रद्धा–भक्तिसहित सम्झनु अनिवार्य मानिन्छ। शास्त्रीय विश्वासअन

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी सुधारका लागि सञ्चारकर्मीहरूसँग उपकुलपतिद्वारा खुल्ला छलफल

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आइतबार उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले सञ्चारकर्मीहरूसँग विशेष छलफल कार्यक्रम गर्नुभयो। प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न कार्यक्रममा धरानका अग्रजदेखि युवा पत्रकारहरूले बीपीमा देखिएका समस्या, अनियमितता र भ्रष्टाचारबारे खुलेर सुझाव राखे। कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै पदमा लामो समयदेखि बसेका व्यक्तिका कारण संस्थाभित्र भ्रष्टाचार मौलाएको गम्भीर समस्या औंल्याए। अग्रज पत्रकार हर्ष सुब्बाले शैक्षिक कोटा घटेको विषयमा प्रश्न उठाउँदै यसको पुनःवृद्धिका लागि के पहल भएको छ भन्नेबारे जानकारी माग गरे। नेपाल पत

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नीति–कार्यक्रम र कर दरमा सहमति जुटेन, स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा

    धरान/तोकिएको समयभन्दा ढिलो सुरु भएको धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रम र कर दरमा सहमति जुट्न सकेन। एमालेका जनप्रतिनिधिहरूले संशोधनबिनै नीति तथा कार्यक्रम आएको भन्दै आपत्ति जनाएपछि निर्णय स्थगित भएको हो। बैठकले अब भदौ २५ गते बिहान बस्ने कार्यपालिका बैठकमार्फत अन्तिम प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। करसम्बन्धी विषयमा पनि असहमति देखिएको छ। एमाले कार्यपालिका सदस्य अनुप देवानले पाँच बुँदे संशोधन प्रस्ताव पेश गरेका थिए भने वडा ९ का अध्यक्ष रुपेश आचार्य र वडा १९ का अध्यक्ष पुर्ण लिम्बुले कर वृद्धिले जनतामा बोझ पर्नेस भन्दै राहत दिनुपर

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरदुलारी उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश थापा

    सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिकास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको ११औं बार्षिक साधारणसभाले रमेश थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। साधारणसभाले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष हिरन्य कालाखेति (अर्जुन), द्वितीय उपाध्यक्ष यसोन श्रेष्ठ (मिलन), महासचिव कमल दाहाल, सचिव मनिता दंगाल र कोषाध्यक्ष अम्बिका पुरी रहेका छन्। त्यस्तै, संघका सदस्यहरूमा कमल ढुङ्गाना, प्रल्हाद थोप्रा, लिलाप्रसाद अधिकारी, भिककुमारी ढकाल, धुर्व निरौला, मदन दाहाल र रमेश आचार्य निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक बालकृष्ण आचार

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेजमा नयाँ विद्यार्थीलाई स्वागत सम्मान

    धरान/ धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि भव्य कार्यक्रम आयोजना गरेको छ। शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले समूहगत नृत्य, गायन तथा सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरू मार्फत नयाँ आगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गरेका थिए। कलेजका अध्यक्ष कैलास आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्र खड्का, प्याब्सन धरान अध्यक्ष दीपक घिमिर

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुधपानी खोलाले मोटरसाइकल बगायो, श्रीमान बेपत्ता, श्रीमती घाइते

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएकी छन्। शनिबार  दिउँसो काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्। बेपत्ता हुनेमा सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेको प्रहरीले जनाएको छ। उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी समेत मोटरसाइकलमा सवार रहेकी थिइन्। खोलाले बगाउँदा पञ्चकोटी बेपत्ता भ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved