डिपो कपको तेस्रो दिन गोल वर्षा र रोमाञ्चक भिडन्त, पहिलो चरणका खेल सकिए

  • मंसिर २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयद्वारा आयोजित २० औँ ललित–अम्बर डिपो कप–२०८२ अन्तर्गत आज तेस्रो दिन चार खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको आजको दिन गोल वर्षादेखि सडन डेथसम्मका रोमाञ्चक खेलले दर्शकलाई उत्साहित बनायो।

तेस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरान–१३ ले हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई एकतर्फी खेल प्रदर्शन गर्दै ६–० गोल अन्तरले पराजित गर्‍यो।

पुलिसको प्रभावशाली जितमा सौगात श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान गरे।

दोस्रो खेलमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान–१६ र माउण्ट हर्मन इङ्लिस बोर्डिङ स्कुल धरान–१८ बीच कडा प्रतिस्पर्धा देखियो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइ ब्रेकर हुँदै सडन डेथमा पुगेको थियो।

सडन डेथमा लिगामेन्टले जित हात पार्‍यो। खेलका ‘म्यान अफ द म्याच’ माउण्ट हर्मनका युसन विक बने। उनलाई पत्रकार भोला श्रेष्ठले मायाको चिनो दिएका थिए।

तेस्रो खेलमा इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ लाई ३–१ गोल अन्तरले पराजित गर्‍यो।

इम्मानुयलका अनन्त राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान गरे।

यसैगरी, अन्तिम खेलमा देउराली इङ्लिस बोर्डिङ स्कुल धरान–५ ले युनाइटेड गोर्खा एकाडेमी धरान–१५ लाई ४–० गोल अन्तरले पराजित गर्दै सशक्त जित निकाल्यो। देउरालीका क्रिस लिम्बू ‘म्यान अफ द म्याच’ बने।

उनलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले मायाको चिनो प्रदान गरे।

आजका चार खेलसँगै प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन्।

भोलि मङ्सिर २८ गते चार खेल सञ्चालन हुनेछन्। भोलिका पहिलो दुई खेल प्लेट च्याम्पियनसिप अन्तर्गत हुनेछन् भने बाँकी दुई खेल पहिलो क्वाटर फाइनलका लागि हुनेछ।

लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ नाम दिइएको यस चरणमा पहिलो खेल जोलसाया एकाडेमी धरान–११ र एप्पल मन्टेश्वरी धरान–११ बीच हुनेछ।

दोस्रो खेलमा सिद्धार्थ शिशु सदन धरान–१६ र समिट सेकेण्डरी बोर्डिङ स्कुल धरान–९ आमनेसामने हुनेछन्।

त्यसैगरी, पहिलो क्वाटर फाइनलमा कारमेल हाई स्कुल धरान–१८ र आयोजक डिपो माध्यमिक विद्यालय धरान–१८ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वाटर फाइनलमा नोबेल एकाडेमी धरान–११ र आइडल इङ्लिस बोर्डिङ स्कुल धरान–१४ भिड्नेछन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved