धरान । क्वारेन्टाइनमा बस्न नमानेका एक भारतीय सैनिकको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनी केही दिन अघि भारतबाट आएका थिए । भारतीय सैनिक रहेका उनी आउने बित्तिकै क्वारेन्टाइनमा बसे पनि रिपोर्ट ढिलो आएकाले जबरजस्ती घरकै क्वारेन्टाइनमा बस्ने भन्दै घर आएका थिए । घर फर्किए पनि सुरक्षा नपनाउदा घरका आफन्त सहित छिमेकमा पनि कोरोना संक्रमण फैलिएका हुनसक्ने भएकाले परिवार त्रसित बनेको छ । उनको आज बिहान मात्रै रिपोर्ट आएको थियो । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि नमाने पछि घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने सर्तमा उनलाई घर पठाइदिएका थिए । रिपोर्ट आउन्जेल सम्म उनी क्वारेन्टाइ
इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई २१ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो तर उनी फरार थिए ।अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुुवेदीले जानकारी दिए ।
सुनसरी । विहिबार देखि हराई रहेको सुनरीको नरसिंह ७ का २२ वर्षिय गुणराज यादवको शव पानीमा फालेको अवश्थामा फेला परेको छ । यादवको शव बिहान ८ बजे भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।
विराटनगर । कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ ।युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो । युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा
धरान । धरान स्थित बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको ४४ औ सिनेट बैठकले प्रतिष्ठानको स्तरोन्न्ती र बिकाश गर्न महत्वाकांक्षी प्रस्ताबहरु पारित गरेको छ । शुक्रबार काठमान्डौमा प्रतिष्ठानका सहकुलपती तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माण लगायतको विषयमा निर्णय गरेको छ । प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास गर्दै विश्वविद्यालय रुपमा थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल प
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ४ जना नया संक्रमित थपिएको र हाल प्रतिष्ठानमा ९२ जना कोरोना संक्रमितको उपचार भइ रहेकोप्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय २५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा २३ सय ५६ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ ।
काठमाडौ २०७७ श्रावण ३० शुक्रबार / आज थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । नेपालमा मृतकको संख्या ९९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना जना रहेका छन् ।
धनकुटा, ३० साउन ÷विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण धनकुटामा पनि फैलन सक्ने भएकाले स्थानीय प्रशासनले लगाएको लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले आज प्रेस विज्ञप्ति जारी गरी धनकुटामा पनि दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलदै गएकाले त्यसको नियन्त्रणको लागि धनकुटामा लगाइएको लकडाउनको पूर्ण पालना गर्न जिल्लावासी उद्योगी, व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गरेको छ । धनकुटामा पनि समदायस्तरमा कोरोना भाइरस फैलन सक्ने खतरा तिब्ररुपमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाबा
विराटनगर, ३० साउन । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा
विराटनगर । कोरोनाका प्रदेश राजधानी विराटनगरमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा संक्रमितको मृत्यु भएको । शुक्रबार कोशी अस्पतालमा विराटनगरका एक युवाको ज्यान गएको छ । ज्वरो आउने र श्वास प्रश्वासमा समस्या भएपछि आईसोलेसनमा भर्ना गरिएका युवाको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । यसअघि विराटनगर–९ का गुद्रीक्षेत्र दुई जना, वढा नम्बर ३, ५ र १० नम्बरका एक–एक जना छन् । मोरङको सुनवर्षी र रंगेलीमा पनि एक एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ । बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको पनि कोशी अस्पतालमा मृत्यु भएको आईसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवले ज