विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण ठिक भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् ।
प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८ हजार भन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आईसोलेसन र होम आईसालेसनमा छन ।
सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन ।
कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रदेश १ का खासगरी बाक्लो जनसंख्या भएका सहरहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
प्रदेश राजधानी विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड जस्ता सहरमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।