प्रदेश १ मा १० हजार संक्रमितले कोरोना जिते

  • कार्तिक १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण ठिक भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८ हजार भन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आईसोलेसन र होम आईसालेसनमा छन ।

सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन ।

कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रदेश १ का खासगरी बाक्लो जनसंख्या भएका सहरहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

प्रदेश राजधानी विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड जस्ता सहरमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved