कोरोना उपचारमा धरौटी राख्नुपर्ने, लक्षण अनुसार ७ हजार देखि ६० हजार सम्म

  • कार्तिक ६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । सरकारको निर्णय कार्यान्यवन गरेको भन्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि धरौटी राखे पछि मात्रै उपचार गरिने जनाएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहले सुचना जारी गर्दै ४ वटा वर्गिकरण गरेर उपचार खर्च र धरौटी रकम राख्नुपर्ने जनाएको हो । कार्तिक ९ गते देखि लागु हुने गरि धरौटी रकम र उपचार खर्च सार्वजनिक गरेको छ । उनका अनुसार कुनै लक्षण नभएका संक्रममितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनु पर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नुपर्नेछ । त्यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लाग्ने पनि जनाएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौवाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको उनले बताए । यसैगरी लक्षण नभएमा वा लक्षण हराएमा संक्रमित बिरामीहरूलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अब देखि ३ दिनमा चिन्ह वा लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने भएको छ । त्यस पश्चात् बिरामीले ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने जनाएको छ ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved