विष्फोटक पदार्थ सहित विप्लव समुहका कम्पनी कमिसार र सदस्य पक्राउ

  • कार्तिक १३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिसार सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरीको बिशेष टिम रिजनल इन्भेष्टिगेशन टिमको संयुक्त टोलीले पक्राउ गरेको छ ।

बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको टोलिले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

पव्लिक माविलाई प्रेम ...

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका प ...

धरानमा मदिराजन्य वस् ...

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved