पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ५४जना कोरोना संक्रमित थपिए

  • कार्तिक १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा थप १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।


नेपालमा पछिल्लो २४ घण्टामा ८२४८जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ ।


यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved