दुई महिना पछि धरान उपमहानगरपालिकाको बैठक सम्पन्न, खानेपानी संस्थानलाइ कार्तिक २६ गते बोर्डमा मर्ज गर्ने निर्णय

  • कार्तिक ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समय देखि को बिबादित खानेपानी बोर्डको समस्या समाधान तर्फ धरान उपमहानगरपालिका उन्मुख रहेको छ ।
विभिन्न बहानामा अवरुद्ध हुँदै आएको खानेपानी बोर्डको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक टुंगोमा पुगेको छ । करिब २ महिना पछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ ।

लामो समय देखि बिबादित बनेको संस्थानको सम्पती तथा दायित्व बोर्डमा औपचारिकरुपमा नै कार्तिक २६ गते संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको छ । पटक पटक संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन भने सकेको छैन ।

यस्तै, बैठकले खोलाजन्य बस्तुको पनि दररेट कायम गरेको छ । ढुंगा, गिट्टी, बालुवा, दररेट निर्धारण नहुँदा योजनाको लागतस्टिमेट हुन सकिरहेको थिएन । बैठकले दररेट पनि कायम गरेको र अब योजनाहरु अघि बढाउन सहज भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

बैठकले धरान १७ स्थित एन्फा क्वारेन्टिनलाई न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने पनि निर्णय गरेको छ । पछिल्लो समय वीपी प्रतिष्ठानमा आइसियु तथा भेन्टिलेटर बेडहरु संक्रमितले पाउन नसकेको चौतर्फी गुनासो हुन थालेपछि उपमहानगरपालिका आफैले अक्सिजनलगायत न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने निर्णय गरेको हो । यस्तै, भेडेटारस्थित शैलुंग डाँडामा निर्माण हुन लागेको स्काईवाक परियोजनालाई अनुमोदन गर्दै बैठकले जलाधार क्षेत्रलाई प्रभाव नपर्ने गरि जग्गा लिजमा उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

यस्तै, धरान १३ स्थित वीपी पार्क र धरान १७ स्थित सप्तरंगी पार्कलाई विकास गर्न सँस्कृति तथा नागरिक उड्यायन मन्त्रालयमा पठाएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।

विदेश होइन, खेतबारी ...

सुनसरी/ देशका युवाहरू वैदेशिक रोजगारीको दौडमा हुँद ...

श्रीमतीलाई ‘खोकीको औ ...

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई ख ...

मलेसियाको कमाइ छोडेर ...

झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास ...

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved