चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

  • कार्तिक ४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक्तिहरु परिचालन गरेको जनाएको छ ।

चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित पार्न प्रहरी उपरिक्षक १, प्रहरी नायब उपरिक्षक ३ र प्रहरी निरिक्षक ११ जना गरि जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबायल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोशाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरुको सुरक्षा रिजर्भ टोलि, सचेतना कार्यक्रम समेत गरिने जनाएको छ ।

जिल्लाको सुरक्षाको दृष्टिले संवेदनशिल रहेको ठहर गर्दै विशेष सुरक्षा योजना निती तयार गरिएको जनाएको छ । त्यसै गरि अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा १ र प्रहरी निरिक्षकको कमाण्डमा १ टोलि परिचालन शुरु गरिएको छ । जिल्लाको चाड पर्व सुरक्षा योजना अनुसार चार पाङग्रे सवारी साधनमा आवश्यक जनशक्ति र आवश्यक समान सहित मोबायल १७ वटा, क्युआरटी टोलि मोटरसाइकलमा ७० वटा, साइकल गस्ती ६ वटा र पैदल गस्ती १२ वटा रहेका छन् ।

त्यसै गरि जिल्लाको मुख्य बजार, चौक, भित्री एरिया लगायत समग्र जिल्लालाई सुरक्षित बनाउने क्रममा ९५ वटा पिकेटको व्यवस्था गरिएको छ । राजमार्ग तथा भित्रिी बाटोमा हुने कुनै किसिमको सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला भरीमा ३० वटा स्थानमा चेकिङको व्यवस्था गरिएको छ भने महेन्द्र राजमार्ग, कोशी राजमार्गमा ट्राफिक सहितको टोलिको व्यवस्था गरिएको छ ।

त्यसै गरि विभिन्न स्थानमा यात्रु सहायता कक्ष निर्माण, आपराधिक क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्न तथा सुचना संकलन गरि १० वटा सादा पोशाकमा टोलि समेत परिचालन गरिसकेको जनाएको छ । धार्मिक स्थलको सुरक्षाका लागि ७५ जनाको १५ वटा टोलि परिचालन हुने भएका छन् । त्यसै गरि कोरोना महामारीबाट सुरक्षित हुँदै चाडबाँड मनाउन आग्रह गर्दै स्थानीय स्तरमा सचेतना कार्यक्रम पनि संचालन गरिने जनाएको छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved