Top 4

    Showing 8,981-8,990 of 9,411 items.
  • विराटनगरका ६ जना पत्रकारको कोरोना रिर्पोट नेगेटिभ

    विराटनगर । कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पत्रकारको परीक्षणमा कोरोना नेगेटिभ रिर्पोट आएको छ । पछिल्लो पटक ६ जना पत्रकारको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये उद्घोष दैनिकका पाँच जना पत्रकार छन् । संक्रमण मुक्त हुनेमा सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, बाबुराम भण्डारी, संजीव खनाल, जितेन्द्र नारायण ठाकुर छन् । यसैगरी पत्रकार दिनेश साह कोरोना मुक्त भएका छन् । तीन जना पत्रकार होम आईसोलेसनमा थिए भने तीन जना विराटनगर १९ को बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा बसेका थिए । पत्रकारहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाई गर्ने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४२ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ४ बिहीबार / आज थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १२२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४  जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पसल खोल्नेमाथि प्रहरीको लाठीचार्ज

    विराटनगर । मोरङको रंगेलीमा पसल खोल्ने विषयमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लकडाउनलाई रंगेली क्षेत्रमा कडाई गरिंदै आएको छ । लाठीचार्जपछि आक्रोसित भएका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का स्थानीयले आमगाछीमा अवस्थित प्रहरी चौकी (ख) घेराउ गरेका हुन । पसल खोलेको विषयमा विवाद भएको बताइएको छ । स्थानीय सुरेन्द्र मण्डलका अनुसार लाठी लागेर केही स्थानीयलाई टाउकोमा समेत चोट लागेको छ । उनले भने,“अन्धाधुन्ध लाठी हान्न थालेपछि हामीले पनि विरोध गरेका हौं ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको टाउकोमा समेत च

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा दुई बालिका बलात्कृत

    धनकुटा, ४ भदौ / धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनको अन्तरमा दुई बालिकामाथि बलात्कार भएको हो । ती बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 817 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा आज १ सय २३ संक्रमित थपिए

    विराटनगर, ३ भदौ । प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामध

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 465 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किसानलाई घाँस काट्ने मेसिन

    इलाम  / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए । नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योज

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,731 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विपीमा प्रतिष्ठानमा उपचरारत धरान १५ की एक कोरोना संक्रमीत महिलाको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेकी धरान १५ की एक कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ ।   धरान वडा नम्बर १५ की ७१ बर्षीया वृद्धाको मगंलबार बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। साउन २३ गते एन्फा क्वारेन्टाइनमा लिएको स्वाबमा पोजेटिभ देखिए पछि २४ गते बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।   मृतकलाई दिर्घकालिन रोग मुटुको र दमको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचार

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 1,256 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै, एकै दिन सुनसरीमा ३५ जनामा कोरोना पुष्टि

    सुनसरी । समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएको छ । समुदाय स्तरमा फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान आएको रिपोर्ट अनुसार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन देखिएको अहिले सम्मकै धेरै संख्यामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । कोरोना संक्रमित हुनेहरूमा सुनसरीको हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष, र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाचे आर.टि. आर २००४ भि को नयाँ संस्करण सार्वजनिक

    टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आर।टि।आर 200 ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइवेट लिमिटेड ले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै डिजिटल नेसनल लन्च पछि ,रिजनल लन्च अन्तर्गत यो मोटरसाइकल आज पूर्वका शोरुममा सार्बजनिक गरियो ।टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रे

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved