जैविक विविधताको खानी, पुवामझुवाको ‘पाटेनागी’

  • कार्तिक २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकिय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकिय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकिय ठाउँ भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकिय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन ।

तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ ।

यहाँवाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ ।

यस ठाउँमा पुग्नको लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिवुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणिय ठाउँ छन् । मेची हाइवे नखुल्दा सम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहाँस छ ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हे¥यो उतै रातम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँप्रजातिको पाहा पाटेनागी नजिकैको गँगटेपानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउँछन ।

यसठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, द्ध पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुछ«े, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।

यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ । चिसो हावा, हरीयाली वनजँगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जँगली जनावरको पनि अवलोकन गर्न पाइन्छ । ये क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुर भन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागी अव्वल मानिन्छ ।
इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्चि सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ ।

यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको विकासको लागि नगरका सवै वडामा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved