इटहरीमै पिसिआर परिक्षण गर्न स्थानीयको माग

  • कार्तिक २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशमै सबै भन्दा बढी कोरोना संक्रमण फैलिएको ईटहरी उपमहानगरपालिकामा कोरोना परिक्षणको दर भने शुन्य जस्तै भएको छ । इटहरीमा कोरोना संक्रमितको यकिन तथ्याङक समेत रहेको छैन तर दैनिक जसो ठुलो खर्च तिरेर इटहरीका सर्वसाधारण अन्यत्र गएर परिक्षण गर्न बाध्य रहेका छन् ।

दैनिक जसो कोरोना संक्रमण बढीरहेको इटहरी उपमहानगरपालिकाका स्थानीयहरु अन्य शहरमा रहेका अस्पतालमा गएर पिसिआर परिक्षण गराउन बाध्य छन् । इटहरी उपमहानगरपालिकाले कोरोना परिक्षण गर्न बन्द गरे पछि स्थानीयहरु आफ्नै खर्चमा पिसिआर परिक्षण गराउन बाध्य छन् ।

उपमहानगरपालिकाले आफ्ना जनताको पिसिआर परिक्षण गर्न नसक्नु भन्नु लज्जास्पद रहेको नागरिक समाज इटहरीका पुर्व अध्यक्ष कमलेश पौडेलले बताए । उनले भने, ‘जनताले आफ्नै शहरमा पिसिआर परिक्षण गराउन पाइरहेका छैनन्, स्थानीय सरकार चै जनता सचेत भएनन् भनेर आरोप लगाईरहेको छ, यो लज्जास्पद विषय हो ।’

धरान र विराटनगर जाँदा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना बढ्दो रहेकाले इटहरीमै पिसिआर परिक्षण गराउने व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

ईटहरीका नागरिक समाजले उपमहानगरपालिकालाई माग पत्र नै बुझाएको छ । पिसिआर परिक्षण गर्न अन्यत्रै जानु पर्दा आर्थिक समस्या, सार्वजनिक यातायातमा जाँदा अन्यलाई पनि संक्रमण सर्ने डर भएरले इटहरीमै परिक्षणको व्यवस्था गर्न माग गरेका छन् ।
आर्थिक समस्या भएको भन्दै उपमहानगरपालिकाले परिक्षण बन्द गराएको छ । कोरोना परिक्षणको दायरा बढाउन बिभिन्न नागरिक समाजदेखि सर्वसाधारणले माग राख्दै आएका छन् । विनियोजित बजेटबाट कोरोना परिक्षण धान्न नसक्नु उपमहानगरको भनाई लजास्पद रहेको नागरिक समाजका वर्तमान अध्यक्ष सन्त बहादुर डुम्जन बताउँछन् । उनले भने, ‘पैसा हुनेले बाहिर गएर पनि परिक्षण गराउँलान, तर वृद्धवृद्धा, विपन्न वर्ग, अपाङग उनीहरुले चै परिक्षण कसरी गर्छन्, सरकारले निशुल्क दिएका समुदाय वा वर्गलाई स्थानीय सरकारले पनि निशुल्क व्यवस्था गरिदिनुपर्यो ।’

सरकारले लकडाउन खुकुलो गरिदिएपछि कोरोना संक्रमितको संख्या मात्र बढेको छैन दैनिक मृत्यूदर समेत बढेको छ । तर यस्तो परिवेसमा इटहरी उपमहानगरपालिकाले भने कोरोना परिक्षण गर्ने किट खरीद गरेर दैनिक परिक्षणको दायरा बढाउन सकेको छैन् । स्थानीय सरकारले परिक्षण गराए पनि नागरिक सचेत नभएकाले कारोनाको हटस्पट इटहरी बन्दै गएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौत्तमको भनाई छ ।

उनले भनिन्, ‘देशमै प्रदेश १ मा बढी संक्रमण, त्यसमा पनि इटहरीमा सबै भन्दा बढ्दै गएका छन्, नगरपालिकाले नगरेको होइन्, तर नागरिक सचेत भएका छैनन्, त्यसैले पनि हटस्पट बन्दै छ, अरुलाई पर्दा सम्म केही होइन् कोरोना संक्रमण भन्ने आफुलाई परे पछि सरकारले केही गरेन भन्दै उफ्रने, सबै सचेत हुनु आवश्यक छ ।’

सर्वसाधारण अझै पनि सचेत हुन नसक्दा कोरोना फैलिदै गएको आरोप लगाउँदै स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ । धनीहरु बाहिरै गएर भए पनि परिक्षण गराउँछन् तर निम्न बर्गीय, बृद्ध–बृद्धा, असहाय, असक्तको अवश्था भने जटिल रहेको छ ।

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved