लकडाउनले थलिएको भेडेटारमा पर्यटकहरुको चहलपहल शुरु

  • कार्तिक २०, २०७७
  • कोशीपत्र/संवाददाता
alt भेडेटार घुम्दै अन्तरीक पर्यटकहरु : फाईल फोटो

धरान कोरोनाको महामारीका कारण थलिएको पर्यटकीय गन्तव्यहरु पुरानै लयमा फर्किन थालेका छन् । प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्य भेडेटारमा अहिले पर्यटकहरुको चहलपहल शुरु भएको छ । विगत ७ महिना देखि ठप्प रहेको पर्यटकहरुको आवागमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

कोरोनाको महामारीका कारण घोषणा गरिएको लकडाउन गत असोज १ गते देखि खुकुलो भए सँगै आन्तरिक पर्यटकहरु भेडेटार आउन थालेका छन् । छिनमै बादलले छोप्ने, छिनमै उघ्रदा हिमालहरु पनि प्रष्ट देखिन्छ । त्यसैले पनि भेडेटारमा पर्यटकहरु आउने मुख्य सिजन चैत्र देखि मंसिर सम्म हो । तर चैत्र देखि नै लकडाउन घोषणा गरिए पछि व्यवसाय नै ठप्प भएको थियो । पछिल्लो समय लकडाउन खुल्ला गरिए पछि व्यवसायीहरुमा आशा पलाएको छ ।

पहिलेकै जस्तो व्यापार व्यवसाय नभए पनि केही राहत मिलेको व्यवसायीहरुको भनाई छ । सरकारले लकडाउन खुलाए सँगै आन्तरिक पर्यटकहरु आउने क्रम बढेको होटल एशोसियसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । अघिल्लो वर्षको तुलनामा कमी आए पनि चहलपहल शुरु भएकाले थोरै आशा जागेको उनको भनाई छ ।

उनले भने, यो समय भनेको मौसम खुल्ने बेला हो, भारतीय पर्यटकहरु आउने समय पनि हो, तर कोरोनाको त्रासले भारतीय पर्यटकहरु आएका छैनन्, आन्तरिक पर्यटकहरु भने आउन थालेका छन् । ७ महिना देखि थलिएको व्यवसायलाई केही राहत मिलेको महशुष गरिएको उनले बताए ।
पर्यटकहरुको चहलपहल शुरु भए पनि पुर्ण रुपमा व्यवसाय संचालन गरेर कर्मचारी पाल्न भने केही समस्या नै रहेको उनको भनाई छ । अहिलेको अवश्थाले बैंकको ऋण तिर्न, घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन भने समस्या नै रहेको उनले बताए । तर विस्तारै अवश्था परिवर्तन हुँदै जानेका विश्वास रहेको उनी बताउँछन् ।

७ महिनाको लकडाउनमा व्यवसायीहरुले अरर्बौ रुपैयाको घाटा व्यहोर्नु परेको छ । कसैले भर्खरै लगानी गरेर होटल संचालनमा ल्याएका थिए भने कसैले भिजिट २०२० का लागि बैंकबाट ऋण लिएर व्यवसायलाई थप सुविधा सम्पन्न बनाएका थिए । व्यवसाय चल्ने सिजन देखि नै बन्दाबन्दी लागु भएकाले थप समस्यामा परेको उनी बताउँछन् । उनले भने, ‘अहिले नै घाटा उठाउँछौं भन्ने अवश्थामा त छैनौं, तर पनि केही राहत मिलेको छ ।’

कोभिडको समस्या समाधान भए चाडैं नै उस्कीन सकिने होटल व्यवसायी राम ढकाल बताउँछन् । ७ महिना देखि निराश भएका व्यवसायीहरु लाई केही आशा जगाएको उनको भनाई छ । बन्द रहँदा देखिको बैंक किस्ता सम्म तिर्न नसकेको व्यवसायीहरु असोज महिना देखिको बैंकको किस्ता तिर्न सहज बनेको उनले बताए । विगतको जस्तो व्यापार नभए पनि केही राहत मिलेको उनी बताउँछन् ।

प्रदेश नम्बर १ को मुख्य आम्दानीको स्रोत नै पर्यटनलाई मानेको छ । प्रदेशका थुप्रै गन्तव्यहरु लकडाउनका कारण ठप्प रहेका छन् । अब पर्यटकिय गन्तव्यहरुलाई पुनर्उत्थान गर्दै प्रवद्र्धन गर्न स्थानीय तह सँगै प्रदेश सरकारको आवश्यक निति तथा कार्यक्रमहरु लागु गर्न आवश्यक छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved