त्रिशुलेदेखि लेगुवासम्मको बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन सुरु

  • कार्तिक २१, २०७७
  • "सन्तोष रुचाल"
alt फाईल फोटो

धनकुटा ÷ धनकुटाको जोरपाटी गाउँपालिका त्रिशुलेदेखि महालक्ष्मी नगरपालिकाको लेगुवासम्म ३३ किलोमिटर बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन (फिजिबिलिटी) शुरु गरिएको छ ।

स्थानिय पूर्वाधार बिभाग ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आर.सि.आई.सी.) अन्तर्गत सम्पन्न हुने उक्त आयोजनाको गाउँपालिका र नगरपालिकाले संयुक्त रुपमा प्रारम्भिक अध्ययन शुरु गरेका हुन् । आयोजना शुरु गर्न महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको संयुक्त टोलीले प्रभावित क्षेत्रका जनसमुदायसँग छलफल गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।

सरोकारवालाहरुसँगको प्रारम्भिक छलफलमा सडकको सिमा रेखाङ्कन गर्ने र सडक सिमानामा रहेका निजी तथा सार्वजनिक घर टहरा हटाउने सहमति भएको अध्यक्ष लिम्बूले बताए । प्रारम्भिक अध्ययन पुरा भएपछि काम शुरु गर्नका लागि तिहार अघि विभागमा प्रतिवेदन पठाउने अध्यक्ष लिम्बूले बताए । प्रतिवेदन पठाएपछि सडक कालो पत्रेका लागि बिभागबाट पूर्ण सर्भेक्षणको काम शुरु हुनेछ ।

छथर जोरपाटी गाउँपालिकातर्फ १३ कि.मि. र महालक्ष्मी नगरपालिकातर्फ बन्ने २० किमी कालो पत्रे बाटो बाटोले गाउँपालिकाको साबिक हात्तिखर्क गाउँपालिका हाल वडा नं. १ का ६२० घरधुरी र नगरका ३ वटा वडाहरु लाभान्वित हुने छन् । उक्त कालो पत्रे सडक निर्माण भएमा धनकुटा जिल्लाबाट भोजपुर जिल्ला जाने वैकल्पिक मार्ग समेत बन्ने छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved