कार्तिक २३ गते देखि प्रदेश एकमा अनिश्चितकालिन यातायात बन्दको घोषणा

  • कार्तिक २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ ।

महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल गर्ने पक्षमा पुगेको खत्रीले बताए । 

खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको तर प्रदेश एकले भने कुनै सहुलियत नदिएको गुनासो गरे । उनले भने, ‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनुभयो, पुरा गर्नुभएन ।’ उनले यातायात क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रमा समेत नराखेको बताउदै मौद्रिक नीतिमा समेत आफूहरुलाई झुक्याउने काम भएको बताए ।

कार्यक्रममा यातायात व्यवसायीहरुले नौ बुँदे माग राख्दै सम्बोधन नभएसम्म बन्द हडताल नरोक्ने बताए । सरकार साथै अन्य क्षेत्रलाई नजरअन्दाज नगर्न भन्दै उनिहरुले नजरअन्दाज गर्दा अप्रिय घटना भए आफै जिम्मेवार हुन चेतावनी दिए । महासंघले अत्यावश्यक मानव सेवाका सवारी साधन भने बन्द नहुने बताएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved