Top 4

    Showing 8,811-8,820 of 9,411 items.
  • इलाममा ७ थान बन्दुक भेटियो

    इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,106 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

    सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बर्षिय दलित बालिकालाई जातिय विभेद गर्दै कुटपिट गर्ने विरुद्ध प्रहरीले लियो उजुरी

     धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,332 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शंकास्पद मृत्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना पक्राउ

    धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 4,483 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए

    विराटनगर, २४ भदौ । प्रदेश १ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष,

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पुन  : थपिए १० संक्रमित

     इटहरी । पछिल्लाे १२ घण्टा यता सुनसरीकाे इटहरीमा पुन: १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इटहरी उपमहानगरकाे स्वास्थ्य शाखाका अनुसार बुधबार साछ ५ बजे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएकाे जनाएकाे छ । थपिएका १० जनामा इटहरी वडा नं १ का १ जना - २३ वर्षिय पुरुष, वडा नं ३ मा -१ जना २६ वर्षिय पुरुष,इटहरी ४ का १ जना २९ बर्षिय पुरुष, इटहरी ५ मा २ जना - ५६ वर्षिय महिला, ६५ वर्षिय पुरुष, इटहरी ९ का ३ जना- २१,५५ वर्षिय महिला र ५९ वर्षिय पुरुष,इटहरी २० का १ जना- ३७ वर्षिय पुरुष रहेका छन । बुधबार बिहान नै इटहरीमा १२ जना संक्रमित थपिएका थिए ।साझ थपिएका १०जना सहित इटहरीमा काेराेनाबाट संक्रमित हु

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 615 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा थप १३ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २ सय ७८ पुग्यो

     धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका ४ जना चिकित्सक र कर्मचारी सहित १३ जनामा कोरोना संक्रमण थपिएका छन । यो संगै धरानमा २ सय ७८ जना पुगेका छन । बुधबार धरामनमा थपिएका १३ जना मध्ये ४ जना प्रतिष्ठानका डाक्टर तथा कर्मचारी रहेका छन भने २ जना बिरामी रहेका छन् । प्रतिष्ठानका कोभिड अस्पतालमा कार्यरत १ जना र पल्मोनरीमा १ जना चिकित्सक रहेका छन् भने १ जना हेल्थ एड र १ जना पलम्बर र २ जना उपचाररत बिरामी रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बुधबार बिहान आएको रिपोर्ट अनुसार धरान १६ का ७८ वर्षीय श्रीमान र ७० वर्षीय श्रीमती, धरान १९ का २१ वर्षीय प

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै आमा करणी गर्ने पक्राउ

    इलाम /आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरे भागेका देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 934 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • आज देखि जितिया पर्व सुरु 

     दुहबी / नेपालमा ताराई मधेशमा बसोवास गर्ने मधेसी जनजाति, दलित र उच्चवर्गका महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु गरेको छ । जितिया पर्व आज देखि शूरु भई ३ दिन समम मनाउने गरीन्छ । यो पर्व ठाउँ विषेश अनुसार फरक–फरक हुन्छ । कतै विवाह पश्चिात महिलाहरु जितिया पर्वको उठान अर्थात शुरुवात गर्दछन् भने कतै विवाह पश्चित सन्तान प्राप्ति पछि मात्र जितिया पर्व शुरु गर्दछन् । जितिया पर्वको लागि उपवास बस्ने महिलाहरुले घर आगन लिपपोत गरी विहान नदी, कुवा, पोखरी, ट्यूवेल लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दुर, केराको पात, तुलसीको पात, अगरवत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पुजापाठ गरी ज

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,635 पटक पढिएको
    • "चन्दन रौनियार"
  • ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान

    धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेन

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 833 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved