मेयर राईको एकल निर्णय विवादित

  • मंसिर १९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ ।

निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो ।

सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्टीका एक स्थानीय नेताले केही सदस्य बाहेक भ्रष्टाचार गर्ने समुह तयार पारेको आरोप लगाएका छन् ।

मेयर राईले १३ जना विज्ञ समिती गठन गरेका छन् भने ९ जनाको सल्लाहाकार समिती गठन गरेका छन् । पुराना सल्लाहाकार समितीमा रहेका सदस्यहरुको विषयमा टुङ्गो नलगाइनै नयाँ समिती गठन गरेको एक पुर्व सल्लाहाकारले बताए । उनले भने, ‘पुराना सल्लाहाकारहरुले दिएको राजिनामा कहिले स्वीकृत भयो, कहिले कार्यपालिकाले अनुमोदन गर्यो, केही थाहा छैन्, एकै चोटि नयाँ समिती बनेर नाम सार्वजनिक भएको छ, यो प्रशासनिक नियम विपरित रहेको छ ।’

सल्लाहाकार समितीकै गठन प्रक्रियालाई आपत्ति जनाउँदै नेपाली कांग्रेसका महासमिती सदस्य पर्वत राईले अपवाद सदस्य बाहेक भ्रष्टाचार समुह बनाएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आरोप लगाउँदै ‘धरान उपमहानगरपालिकाका तिलक राईले सल्लाहकार नियुक्तिको नाममा केही अपवादका साथिहरु बाहेक भ्रष्टाचार गर्ने समूह तयार पार्नु भएको हार्दिक बधाई’ लेखेका छन् । उनले लेखेका छन्, ‘यो के को लागि ? एडिबि खानेपानी परियोजनाको ठूलो रकमको कमिशनको सहज वातावरण बन्ने, सखुवा रुख काट्नु पनि छुट हुनेछ, बसपार्क ब्याबस्थापनको नाममा पहिलेनै २५ रुपैया उठाउनु हुन्थ्यो अब ५० रुपैया उठाउदा पनि हुने भएको छ ।’

अघिल्लो मेयरका पालामा गठन भएको सल्लाहाकार समितीले राजिनामा दिए पछि नयाँ गठन गरिएको मेयर राईले स्पष्ट पारे । उनी निर्वाचित भएर आए लगत्तै पुरानो समितीले संयुक्त रुपमा राजिनामा दिएको उनले बताए । उनले भने, मैले निर्वाचित जित्ने बित्तिकै पुरानो समितीले संयुक्त रुपमा राजिनामा दिनुभएको थियो, सोही आधारमा नयाँ समिती गठन गरिएको छ, बनाउँदा पनि विवाद नबनाउँदा पनि विवाद यस्तो पनि हुन्छ ।’

सामाजिक संञ्जालमा आएका आरोपलाई पनि उनले सामान्य रुपमा लिनु पर्ने बताए । सबैलाई अटाउन नसकिने बताउँदै उनले भने, हिजो मैले चुनाव जित्दा पनि कतिको गुनासोहरु थिए, सबैलाई मन नपर्न सक्छ, त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
सल्लाहाकार समिती गठन नगरप्रमुखले गरेको हुनाले प्रमुखले नै सुचना जारी गरेको प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनालले बताए । उनले भने, प्रशासनले नै सुचना जारी गर्नुपर्छ भन्ने त लाग्दैन्, उहाँले बनाउनु भएको कमिटी उहाँले नै सुचना जारी गर्नुभएको हो, कर्मचारी सँग कुनै असमञ्जस छैन् ।’ मेयर निर्वाचित भए पछि संयुक्त रुपमा राजिनामा दिएको हुँनाले नयाँ गठन भएको उनको भनाई छ । स्वीकृत हुनुपर्ने विषयमा भने आफु जानकार नभएको उनले बताए ।

प्रमुखले गठन गरेको सल्लाहाकार समिती पार्टीको क्षेत्रिय कमिटी गठन गरे जस्तै भएको उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आरोप छ । उनले प्रक्रिया विपरित नै कमिटी गठन भएको बताईन् ।

सल्लाहार समिती कार्यपालिकाले अनुमोदन गर्ने प्रक्रिया रहे पनि कुनै छलफल नभएको उनको भनाई छ । उनले भनिन्, ‘पुरानो कमिटीले राजिनामा दिए पनि कार्यपालिकाले अनुमोदन गर्नु पथ्र्यो, त्यो पनि भएन्, नयाँ गठन गरेको समिती पनि कार्यपालिकाले अनुमोदन गर्नुपर्ने त्यो पनि भएको छैन् ।’

एकल बहुमत भएको भए आफ्नै मानिसहरु राख्दा हुने तर धरानको हकमा त्यस्तो छैन्, उपमहानगरपालिकाको सल्लाहाकार समितीलाई नगरप्रमुखको मात्रै भए जस्तो रहेको उनले बताइन् । प्रमुखको एकल निर्णयले गठन गरेको सल्लाहाकार समितीलाई उपमहानगरकै समिती मान्न नसकिने उनको भनाई छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved