मेचीकी उपप्रमुखको गाडि जलाउने प्रयास

  • मंसिर १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

झापा । नेपाल विद्यार्थी संघको कार्यकर्ता बनाउने दुई युवाले मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी बिहीबार जलाउने प्रयास गरेका छन् ।

दुई जनाको समूहद्वारा गाडीभित्र रहेकी उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास भएको हो । बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उपप्रमुख उप्रेतीले बताईन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालय तर्फ फर्किरहेको अवश्थामा अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआलीबीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिईन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताईन् । उनले भनिन्, ‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे, घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको थिए ।’

उनले आफूलाई कसले आगजनी ग¥यो भन्ने जानकारी नभएको बताइन् । आफू सवार गाडी मोटरसाइकल अगाडि रोकेर राखेका कारण आफूले दुईजनालाई मात्र देखेको उनले बताइन् ।

उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरूको खोजी शुरु गरेको उनले बताए । उनले घटनास्थल एकान्त ठाउँमा भएकाले अनुसन्धान शुरु गरेको बताए ।

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved