एक महिनामा २ सय ३५ ध्वनि प्रदुषण गर्ने बाइक कार्वाही , हर्न निषेधबाट ८० हजार राजस्व संकलन

  • मंसिर १९, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । हर्न निषेधको योजनालाइ पुनः कार्यान्वयन गरिरहेको प्रदेश एक ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरि मुख्य राजमार्गमा गुडने बुलेट बाइकहरूलाइ कडा निगरानी गर्न थालेको छ ।

ध्वनी प्रदुषणको मुख्य कारक बुलेट बाइक रहेको भन्दै ट्राफिक प्रहरीहरूले निगरानी बढाएको हो । बाइकको स्वरूप परिवर्तन गर्दै ठुलो आवाज निकालेर राजमार्गमा गुडाउने बुलेट मोटरसाइकललाइ प्रहरीले ततकाल नियन्त्रणमा लिदै कार्वाही प्रक्रिया अघी बढाएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विगत कार्तिक पहिलो साता देखि मंसिर १५ गते सम्म आइपुग्दा प्रहरीले २ सय ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कार्वाहि गरी छाडेको जनाएको छ ।

जसमा १ सय २२ वटा बुलेट बाइक रहेको र अरू अन्य कम्पनिका मोटरसाइकलहरू रहेको एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । यसरी कार्वाहिमा परेका मोटरसाइकलहरूमा सम्बन्धित कम्पनिकै हर्न लगाएर १ हजार रुपैया जरिवाना सहित छोडिएको कार्यालयले जनाएको छ ।

कार्वाहिमा परेको मोटरसाइकलहरूबाट २ लाख २२ हजार ५ सय रुपैया राजस्व संकलन गरिएको कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले बताए । मुख्य राजमार्गमा स्वरूप परिवर्तन गरी ठुलो आवाज सहितको मोटरसाइकल गुड्दा बातावरणमा नकरात्मक असर परेको जनगुनासो बढेपछि ट्राफिक प्रहरीले कार्वाहि प्रक्रिया अघि बढाएको हो ।

ध्वनि प्रदुषणको कारक सहित कार्वाहि गरिरहदा सबै भन्दा बढी सुनसरीमा १ सय ४० वटा मोटरसाइकलहरू परेका छन् । कार्वाहीमा परेका मोटरसाइकलका चालकहरूलाइ प्रहरी कार्यालय परिषरमै बोलाएर एक दिन प्रशिक्षण र सचेत समेत गराईएको छ ।

एक नं प्रदेशमा हर्न निषेध अभियान चलाइरहदा गएको तिन दिन भित्र १ सय वटा भन्दा बढी सवारीहरू कार्वाहिमा परेको प्रहरीले जनाएको छ । गत कार्तिक पहिलो साताबाट मंसिर १५ गते सम्म आइपुग्दा प्रदेश एकको बिभिन्न जिल्लाहरूमा गरी १ हजार बढी साना एवम ठुला सवारी साधनहरू कार्वाहिमा परेको प्रवक्ता तिम्सिनाले बताए ।

हर्न निषेध गरिएको क्षेत्रमा ठुलो आवाज सहित हर्न बजाएर कार्वाहिमा परेका सवारी साधनहरूबाट ८० हजार रुपैया राजस्व संकलन गरिएको प्रहरी प्रवक्ता तिम्सिनाले बताए ।

हर्न निषेध अभियानलाइ पुनः कार्यान्वयन गर्ने क्रममा ट्राफिक प्रहरीले सबैभन्दा बढी झापामा २ सय वटा साना तथा ठुला सवारी साधनहरूलाइ कार्वाहि गरेको जनाएको छ ।

त्यसैगरी प्रहरीले मोरङमा १ सय ३०, सुनसरीमा ८० र सबै भन्दा कम उदयपुरमा ३ वटा सवारी साधनहरूलाइ कार्वाहि गरेको जनाएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved