नेकपा फुट्न निर्माण भएको पार्टी होईन : राई

  • मंसिर १९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न निर्माण नभएको दाबी गरेका छन ।

सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको शिलान्यास कार्यक्रममा राईले नेकपालाई फुट्न निर्माण नभएको र फूटाउने अधिकार कसैलाई नभएको भन्दै कुनै हालतमा पार्टी फुट्न नदिनेमा आफू रहेको बताए ।

राईले भने, ‘तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको छ, कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको छ ।’ उनले अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

फरक प्रसंगमा राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन र निकासीमा सहयोग पुग्ने बताए । राईले भने, ‘देशमै पहिलो पटक चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको स्थापनाले सूर्योदय नगरपालिका र इलामका चिया संग सरोकार राख्ने सबैलाई उत्साही बनाएको छ ।’

सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको हो ।

२३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश १ सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गर्ने छ । कार्यक्रममा प्रदेश १ का भूमी ब्यवस्था तथा कृष सहकारी राज्यमन्त्री राम रानाले स्थानीय स्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया बिश्व बजारमा पठाउन सहयोग पुग्ने बताए ।

रानाले एकसय ५७ बर्ष लामो चियाको इतिहास कायम गर्दै चियाको बिश्व बजारमा निकासी र प्रवद्र्धनका लागि तीन तहका सरकार एक साथ लाग्नु पर्नेमा जोड दिए ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved