चालु अर्थिक वर्ष भित्रै धनकुटामा १ सय वेडको अस्पताल सञ्चालन हुने

  • मंसिर १७, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा÷ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्र नै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने बताएका छन् ।

जनस्वास्थ्य प्रयोगशाला विराटनगर बाहेक प्रदेशकै पहिलो पटक धनकुटामा शुरु भएको पाठेघरको मुखको क्यान्सर परिक्षणको आज उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले धनकुटामा बन्न लागेको शिक्षण अस्पतालको प्रारम्भिक चरण अन्तरगत यस आर्थिक वर्षदेखि एक सय बेडको अस्पताल धनकुटामा शुरु हुन लागेको बताएका हुन् ।

जिल्ला अस्पताल धनकुटाको स्तरोन्नतिसँगै विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै १५ बेडबाट एक सय बेड निर्माणको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले १० करोड भन्दा बढी रकम धनकुटा अस्पतालको लागि विनियोजन गरी सकेको बताए । धनकुटा सहित पूर्वी पहाडी जिल्लाका नागरिकहरुलाई सर्वसुलभ ढंगले विशेषज्ञ सेवा प्रभाव गर्ने उद्देश्यले धनकुटामा निर्माण हुन लागेको शिक्षण अस्पताल संचालनको लागि धनकुटा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी सकिएको बताउँदै सोही प्रतिष्ठानद्धारा शिक्षण अस्पताल संचालन हुने मन्त्री घिमिरेले बताए ।

महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण शुरु भएसँगै चाँडै पिसीआर परिक्षण पनि धनकुटामा शुरु हुने बताउँदै मन्त्री घिमिरेले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण धनकुटा अस्पतालमा गरेपछि विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालाले अनलाईन मार्फत निःशुल्क रिर्पोट उपलब्ध गराउने बताए ।

सो परिक्षणबाट क्यान्सरको संभावित विरामीले समयमा नै उपचार गराएर निको हुन मद्दत पुग्नेछ । पछिल्लो समय खानपान र रहनसहनका कारणले क्यान्सर रोगीहरुको संख्या वृद्धि हुदै गएको उल्लेख गर्दै सबैले आफ्नो स्वास्थ्यमा ध्यान दिन मन्त्री घिमिरेले प्रदेशवासीहरुलाई आग्रह गरे ।

भान्साकोठा र शौचालयमा हुने गरेको फोहोरका कारण मानिसमा धेरै रोगहरु लाग्ने गरेको अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री घिमिरेले प्रदेश सरकारले प्रदेशस्तरिय शौचालय सरसफाई अभियान शुरु गरिएको बताए । सो अवसरमा बोल्दै प्रदेश सांसद निरन राईले प्रदेश सांसदहरुको लामो समयसम्मको पहलकदमीबाट धनकुटामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण शुरु भएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिए ।

उनले अब चाँडै नै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने विश्वास व्यक्त गर्दै शिक्षण अस्पताल धनकुटामा संचालनको लागि आवश्यक छलफल र प्रक्रिया अगाडी बढी रहेको बताए । अहिलेसम्मको अवस्थालाई हेर्दा प्रयोगशालामा सेवाग्रही आउने गरेको बताउँदै अब प्रयोगशाला सेवाग्रहीलाई खोज्न गाउँ–गाउँमा जान आवश्यक रहेको जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख जयवन्त यादवले बताए ।

सेवाग्रहीलाई प्रयोगशालाले खोज्दै जाने अभियान अन्तरगत प्रदेश नै पहिलो पटक धनकुटामा पाठेघरको मुखको क्यान्सरको परिक्षण शुरु गरिएको बताए । यस अभियानबाट स्वास्थ्यको पहँुचबाट बाहिर रहेकाहरुलाई टेवा पुग्ने प्रयोगशाला प्रमुख यादवले विश्वास व्यक्त गरे ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved