सुरेश गन्धर्वको स्वास्थ्यमा सुधार

  • मंसिर १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका लोकगायक सुरेश गन्धर्वको स्वास्थ्यमा सुधार आए पछि घर फर्किएका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर थलिएका गन्धर्व धरानका कलाकार लगायत विभिन्न संघसंस्थाको सहयोगमा प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको स्वास्थ्यमा सुधार हुँदै गए पछि उनी घर फर्किएका छन् । उनलाई मङ्सिर ९ गते प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनलाई उपचारका लागि २ लाख ९० हजार रुपैया आर्थिक सहयोग संकलन भएको छ । उनको उपचारका लागि रंगभूमि एकेडेमीका कलाकार विष्णु मोक्तान, युवा नेता चोत्लुङ मेन्याङबो लगायतले सुरेश गन्धर्व सहयोग अभियान समेत गठन गरिएको थियो ।

प्रतिष्ठानमा भर्ना भएको खबर सुनेर उनलाई देश विदेशका नेपालीहरूले सहयोग गर्दै आइरहेका छन् । उनको उपचारका लागि एविसी टेलिभिजनका कृष्ण कँडेलको इन्द्रेणी टिमले ८१ हजार, चलचित्रकर्मी महासंघ १ नं प्रदेशले ५८ हजार ५ सय, ललितकर्मीले ४२ हजार ६ सय ६६, तरुण दल धरानले ११ हजार २ सय ५५, धरान सङ्गीत प्रतिष्ठानले १२ हजार ५ सय १० रुपैयाँ सहयोग गरेको थियो ।

त्यसै गरि मेघा बैङ्क धरानले ४ हजार, १३ नं का वडाध्यक्ष नेत्र काफ्ले ५ हजार ,दीपक घिसिङले ५ हजार, हङकङ नेपाली यूथले १५ हजार ,राजकुमार राईले ५ हजार, नायिका रेखा लिम्बु र मिना सिङगकले ५ हजार सहयोग गरेका थिए । त्यस्तै महिला संञ्जालकी पुर्व अध्यक्ष सबिता राईले १ हजार, संगितकार हेम सुब्बाले २ हजार सहयोग गरेका थिए ।

अन्य कलाकार, चित्रकार, स्थानीय नेता लगायतका व्यक्तिगत रुपमा पनि ५० हजार रुपैया बैङ्कमा खोलिएको खातामा पैसा जम्मा गरी दिएका थिए । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले अपतालमै गएर भेटेर सहयोगको प्रतिबद्धता जनाएका थिए ।

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved