इलाम बजार २४ गतेसम्म बन्द

  • मंसिर १९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबार देखि बन्द हुने भएको छ । पालिकामा मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका प्रशासकीय अधिकृत राम शाहले जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरी २५ जना भन्दा कम मजदुर राखेर निर्माण कार्य जारी राख्ने नगरको निर्णय छ । यस्तै खाद्य सामाग्री ढुवानीका गाडी अपरान्ह ४ बजेपछि मात्र सञ्चालन अनुमति दिइएको छ ।

पालिकाको निर्णय विपरीत कार्य गरे गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्गघन गरे सक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।

इलाम नगरपालिकाका सम्पूर्ण १२ वटै वडालाई निषेधित क्षेत्र घोषणा गरी हाटबजार, बैङ्किङ्ग सेवा, सरकारी कार्यलय र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका सेवा बन्द गर्ने अधिकृत शाहले बताए ।

उदयपुरमा प्रेमी–प्रे ...

उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलच ...

सुनसरीमा २७ ग्रामभन् ...

सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ...

वराहक्षेत्रको श्रीलं ...

 सुनसरी/ वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप् ...

धरानबाट इटहरी आउँदै ...

इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved