सुनसरी । कोरोना संक्रमणका कारण गत वैशाख महिनामा स्थगित भएको कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी भएको छ । सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने तयारी थालेको हो । कोरोनाका कारण शहर बजारमा अध्ययन गरिरहेका विद्यार्थीहरु गाउँ फर्किएकाले उनीहरुलाई घर नजिकैको विद्यालयबाट परिक्षा दिन पाउने गरिको व्यवस्था मिलाउन लागिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या
सुनसरी । कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा भएको दुई पक्षको झडपको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षले गुनासो गरेका छन् । भदौ २५ गते राती कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा तिलक यादव र मनोज यादव सहितको समूह र जागेश्वर यादव समूहको बीचमा भएको झडपमा जागेश्वर समूहका तीन जना घाईते भएको र ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै कर्तव्य ज्यान उद्योगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार किटानी जाहेरी दिएकोमा दर्ता गर्न नमानेको पीडित पक्षले शनिबार पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् । पीडित पक्षका विरेन्द्र यादवका अनुसार कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम
पथरी, भदौ २७ गते । नेकपा निकट यसको भातृ संगठन– राष्ट्रिय युवा संघ नेपालले मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका उठाइएका र यसमा पनि प्राथमिकिकरण गरिएका मुख्य–मुख्य मुद्दाहरू बिना कुनै ढिलासुस्ती अविलम्ब समाधान गर्नका लागि पार्टी नेतृत्व र सरकारी निकायहरूमा गम्भीर ध्यानाकर्षण सहितको सिर्जनात्मक दवाव दिने उद्देश्यअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाकक्ष, पथरी बजारमा अन्तरक्रियात्मक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । हिजो भदौ २६ गते सम्पन्न यो कार्यक्रम मूलतः युवा संघ नेपाल, मोरङ जिल्ला समितिको पहलमा संघका केन्द्रीय नेता रवीन थापा, विजय डाँगी, जि
धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए ।
धरान / धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । समापनको दिन सहभागि दुई दर्जन विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका मेयर तिलक राईले प्रमाण् पत्र वितरण गरेका थिए । धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको लक्षित गरेर आयोजना गरिने ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृत
इलाम / विपदमा वालवालि अधिकारको सुनिश्चितता, हामि सवैको साझा प्रतिबद्घता भन्ने मूल नाराका साथ कोरोना भाईरसले वालवालिकामा पारेको असर र सरोकारवालाको भूमिका विषयमा रेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुनेभएको छ । कोरोना भइरस संक्रमणको कारण लामो समयदेखि विद्यालय सञ्चालन नभएको समयमा राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको हो । भर्जुल माध्यमबाट नेपालि भाषामा हुने प्रतियोगितामा प्रदेश एकका १४ जिल्लाका १४ जना सहभागि हुनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार रतितृय हुनेले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन । प्रदेश स
इलाम / भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।
धनकुटा, २६ भदौ / दुई दिन अगाडी धनकुटा नगरपालिका–६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ २५ गते साँझ बसेको आकस्मिक बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनको लागि सो क्षेत्र सिल गरिएको हो । बैठकले धनकुटा नगरपालिका–६ को सल्लेरीस्थित पानी ट्याङकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी व्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिंडे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला
काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित / आज थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ । नेपालमा मृतकको संख्या ३१२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् ।
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ । नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो । नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ ।