इलाम/ इलामको माई नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य बिमा गर्न थालेको छ ।
हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमागर्न थालेको हो ।
अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बिमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारीमा यस आर्थिक बर्षमा चार सय परिवारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माई नगरपालिकाका प्रशासन प्रमुख नविन पौडेलले जानकारी दिए ।
माई नगरपालिकाभित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला ब्यक्ति गरी १८ जनालाई अभिमूखिकरण तालिम दिईएको छ ।