आफ्नै उज्यालोमा ‘मैना गाउँ’

  • मंसिर २१, २०७७
  • "ललित चाम्लिङ राई "
alt

उदयपुर/ उदयपुरको सुदूरपूर्वी बस्ती बेलका नगरपालिकास्थित मैनामैनीका स्थानीय वर्षौदेखि पारी गाउँको उज्यालो हेरी अँध्यारा रात कटाउँथे । पारीपट्टी (पूर्वोत्तर) धनकुटाका गाउँमा रातमा बिजुली बलिरहेको वारिबाटै टुलुटुलु हेर्न विवश थिए । कहिले आफ्नो गाउँमा पनि त्यसैगरी बिजुली बत्ती बल्ने होला भनेर कल्पना गरिरहन्थे ।

अरुण, तमोर र दूधकोशीले छेकिएको वल्लो पहाड उदयपुरको मैनामैनी गाउँ रातमा अन्धकार हुन्थ्यो । पारीपट्टीको पहाडी जिल्ला धनकुटा, सुनसरीको वराहक्षेत्र र भोजपुरका गाउँ रातमा उज्यालो हुन्थे । मैनामैनीका गाउँलेले वर्षौं त्यही उज्यालो हेरेर बत्तीको रहर मारिरहे ।

तर केही दिन अघिमात्रै मैनामैनीमा पनि बिजुली बत्ती पुग्यो । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापा ‘स्वस्ती’ले मैनामैनीको मूल गाउँस्थित विद्युत ट्रान्सफर्मरमा जडित ‘स्वीच अन’ गरेपछि स्थानीयमा हर्षोल्लास छायो ।

नगर प्रमुख थापाले गत कार्तिक २८ गते साँझ ५ बजे औपचारिक कार्यक्रममा बिजुली बत्ती बलेको उद्घोष गरेका थिए ।

‘मैनामैनीवासीको बिजुली बत्तीको उज्यालोमा बस्ने सपना साकार भयो ।’ स्थानीय निकेश राईले भने । मैनामैनीको भूगोल नमिलेका कारण पनि तत्कालै सबै ठाउँमा बिजुली पु¥याउन समस्या रहेपनि काम निरन्तर भइरहेको ठोक्सिला उर्जा केन्द्रका अध्यक्ष धनपति आचार्य बताउँछन् ।

‘साबिक मैनामैनीको वडा नं. १ र २ मा बिजुली पुगिसकेको छ भने सबै ठाउँमा पु¥याउने काम भइरहेको छ, आचार्यले भने, ‘मैनामैनीको हकमा १५ प्रतिशतसम्म काम भएको छ ।’

सूर्यचोक, तल्लो वडा कार्यालय, माङ्तेन, बारी गाउँ, कोलोहोङलगायतका बस्ती बिजुली पुगेपछि उज्यालो भइसकेका छन् ।
मैनामैनीमा बिजुली पुगेपछि बेलका नगरपालिकाका सबै सुगम तथा दुर्गम वडामा विद्युत सेवा पुगेको छ । बिजुली बत्ती बलेपछि मेयर थापाले बेलका नगरको अर्को ऐतिहासिक सफलता भएको प्रतिक्रिया दिए ।

नेपाल सरकारको ९० प्रतिशत रकम (१२ करोड ६० लाख) र स्थानीय सरकारको १० प्रतिसत बराबर रकम (रु.१ करोड ४० लाख) गरी कुल १४ करोड रुपैयाँको लागतमा विद्युतीकरण भएको हो । कस्मिक इन्जिनियरिङ प्रालिले गत जेष्ठ महिनाबाट बेलका नगरका सबै वडामा विद्युत विस्तारको काम अगाडि बढाएको ठोक्सिला उर्जा तथा ग्रामीण विकास केन्द्रका सचिव रमन भट्टराईले बताए ।

गाँउमा पहिलो पटक बालिएको बिजुली बत्तीकै उज्यालोमा राखिएको विद्युत उद्घाटन कार्यक्रममा बोल्दै मेयर थापाले मैनामैनीवासीका लागि बिजुलीसंगै एम्बुलेस पनि कोसेली स्वरुप प्रदान गरिएको बताए । एम्बुलेन्स सुत्केरी आमाहरूलाई पूर्ण निःशुल्क र विपन्न, असहाय जनताका लागि वडा कार्यालयको सिफÞारिसमा निःशुल्क सेवा दिने गरी संचालनमा ल्याइने मेयर थापाले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बेलका नगर अध्यक्ष मनोज तामाङले बेलका नगर सरकार र नेकपा बेलका नगर पार्टी जनताको मन मस्तिष्कमा बस्ने गरी पार्टीको घोषणा पत्रमा उल्लेखित सम्पूर्ण कार्य सम्पन्न गर्न लागिपरेको बताए । अध्यक्ष तामाङले जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्न नसक्ने पार्टीलाई जनताले अब बढार्ने प्रतिक्रिया दिए ।

नेकपा सरकारकै जोडबलमा बेलकाका सम्पूर्ण वडामा बिजुली बाल्न सफल भएको अध्यक्ष तामाङले बताए ।
नेकपा नगर सचिव गनेश बस्नेतले मैनामैनी किरात सभ्यताको अनुसन्धान केन्द्र रुपमा घोषणा गरी नगरपालिकाले कार्यक्रम नै बनाएको बताए । सचिव बस्नेतले ६० लाख रुपैयाँ बराबरको वराहको मूर्ती पनि स्थापना गर्न सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिए ।.

बेलका–७ का वडाध्यक्ष सुरेन्द्र राईले मैनामैनी गाउँ अब अँध्यारोबाट उज्यालो युगमा प्रवेश गरेको बताए ।

नेपाली कांग्रेसका स्थानीय नेता कमनध्वज राईले नेकपा सरकारको विकासका कामबाट आफू निक्कै नै प्रभावित भएको बताए । ‘खोट लगाउने ठाउँ कहीं कतै भेटिएको छैन,’ नेता राईले भने, ‘बेलका नगर सरकार र नेकपा पार्टीले बेलका नगरको विकासमा खेलेको भूमिका प्रशंसनीय छ ।’

मैनामैनी विद्युतीकरण भएपछि नेकपा उदयपुर जिल्ला सदस्य उदयप्रसाद अधिकारी, कार्यपालिका सदस्य तारा राईलगायतले शुभकामना दिएका थिए ।

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

उदयपुरमा प्रेमी–प्रे ...

उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलच ...

सुनसरीमा २७ ग्रामभन् ...

सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीमा प्रहरीले २७ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved