इलाममा अरनिको शालिक निर्माण

  • मंसिर २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक निर्माण गरिएको छ ।

इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्रङ्गणमा निर्माण गरिएको हो । शुक्रबार शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहरुलाई सम्मान नगरे राष्ट्र कमजोर बन्ने र राष्ट्रको एकता संकटमापनि पर्न सक्ने बताए ।

‘अरनिकोले राष्ट्रमा मात्र होईन राष्ट्रको गरिमालाई उपल्लो दर्जामा पुर्याउनका लागि पनि अरनिको प्रेरणाको स्रोत बनेको बस्नेतको भनाई छ ।’ उनले थप नेपाल र चिनको सम्बन्ध अहिले पनि ती सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण रहेको र त्यहिकारण इनपाले शालिक निर्माण गरेको बताए ।’

इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठले सुन्दर बनाउने अभियानमा वडामा कला सँस्कृति झलकाउने उदेश्यले शालिक निमार्ण गरेको र यसले पर्यटक आकर्षण गर्ने बताए । इलाममा अरनिको संग्राहालय पनि सञ्चालनमा छ ।

को हुन अरनिको ?

अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । राजा अनन्त मल्लकै पालामा १३ औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिन्छ । उनले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ ।

अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए । उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको ज्ञान र तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ । यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए ।

युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए । उनको वास्तविक् नाम बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन् उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।

aaraniko-1

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved