चियाको लोगो दर्ता पछि चिया टेस्टिङ केन्द्र बन्दै

  • मंसिर २२, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन चियाको नेपाली लोगो दर्ता भए पछि चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भए पछि चिया किसानहरु हर्षित भएका छन् ।

चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नवित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेस्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । चिया रोपणको लामो समयपछि एकै साथ यी दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका हुन् । विश्वका दुईदेश भारत र अमेरीकामा लोगो दर्ता सम्झौता भई अन्य देश सँगको सम्झौता अघि बढिरहेको छ ।

सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा चिया टेस्टिङ केन्द्र बन्नेछ । २३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश १ सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गर्नेछन् ।

नेपालमै पहिलो चिया टेस्टिङ केन्द्र निर्माणले स्थानीय स्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया बिश्व बजारमा पठाउन सहयोग पुग्ने प्रदेश १ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री राम रानाले बताए ।

एकसय ९७ बर्ष लामो चियाको इतिहास कायम गर्दै चियाको बिश्व बजारमा निकासी र प्रवद्र्धनका लागि तीन तहका सरकार एक साथ लाग्नु पर्ने रानाले बताए ।

चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले चिया परिक्षण केन्द्रको स्थापनाले अन्तराष्ट्रिय बजारमा चियाको मार्केट प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नेपाली चिया योग्य रहेको बताए ।

सूर्याेदय नगरपालिकामा आठ हजार भन्दा बढी किसान पाँच दर्जनभन्दा बढी चिया प्रशोधन उद्योगमा आवद्ध छन् । नेपालमा अर्थाेडक्स, अर्गानिक अर्थाेडक्स र क्रस टियर कर्ल (सिटिसी) चिया उत्पादन हुन्छ । इलाममा ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छन् ।

नेपालमा वार्षिक ६ मेट्रिक टन मात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिक टन कफीको माग रहेको छ । ५० हजार कफीका बिरुवा उत्पादन हुने चिया तथा कफी बिकास बोर्डको तथ्याङ्क छ । बोर्डको २०७५÷७६ को तथ्याङ्क अनुसार नेपालमा चिया २८ हजार सात सय ३२ हेक्टर क्षेत्रफलमा र कफि दुई हजार सातसय ६१ हेक्टर क्षेत्रफलमा रहेको छ ।

धरानबाट इटहरी आउँदै ...

इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइ ...

एसियन हाइवे:काँकडभिट ...

सुनसरी/  एसियन हाइवे अन्तरगत पर्ने काँकडभिट्ट ...

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved