इलाम/ इलाममा कोरोना भाईरस संक्रमण सर्वसाधारणमा फैलिएको भन्दै इलाम नगरपालिकाले मंसिर १८ गते सूचना निकाल्दै १९ देखि २४ गते सम्म बन्द गर्ने निर्णय गर्यो ।
यस समयमा पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्यो ।
मंसिर १९ गते शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थान समितिको निर्णयले बन्दको समयमा नगर क्षेत्रका सरकारी कार्यालय, बैकिङ तथा वितिय सेवा कार्यलयले स्वास्थ्य सूरक्षा मापदण्ड अनिवार्य पालना गरी न्यूनतम कर्मचारीको माध्यमबाट सेवा प्रदान गर्ने निर्णय गर्यो । यी दुई निर्णयको तालमेल नमिल्दा नगरबासीमा अन्योलता छाएको छ ।
दुवै सूचनामा निर्णय विपरीत कार्य गरे गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्गघन गरे सक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने उल्लेख छ ।
स्थानीय तहले अघिल्लो दिन एउटा निर्णय गर्ने र अर्कोदिन कोभिड १९ संकट व्यवस्थान समिति स्थानीय तहको निर्णय सँग बाजिने निर्णय गर्नाले यि दुवै विच तालमेल नमिल्दा सर्वसाधारणमा अन्योलता छाएको छ ।