कस्को डिजाइनमा हुदैछ राजावादी आन्दोलन ? मौकामा दाउँ छोप्दै राप्रपा

  • मंसिर २१, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनताको जिवनस्तर उकास्न नसकेको र देशलाइ टुक्राएर बिभाजन गरेको भन्दै बिभिन्न जिल्लाहरूमा अहिले राजसंस्थाको पक्षमा ‘राजा आउँ देश बचाउँ’ जस्ता नाराहरू लगाउदै सडकमा नाराजुलुस चलिरहेको छ ।

राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्यले हाल बिभिन्न जिल्लामा आन्दोलन शुरू भएको छ । काठमाण्डौबाट शुरू भएको आन्दोलन अहिले पश्चिमको धनगढी, नेपालगंज, हुँदै प्रदेश एकको धरान, बिराटनगर, इटहरी र झापा सम्म आइपुगेको छ ।

कोरोना भाइरसको महामारी बिच सरकारले भिडभाड हुने कुनै कार्यक्रम नगर्न दिएको आदेश बिपरित हुलका हुल राजावादीहरूले मोटरसाइकल र्याली र नारा जुलुस गर्दै आएका छन ।

दैनिक जसो राजसंस्था पुनःस्थापना गर्ने उद्देश्यका साथ भइरहेको नारावाजी र र्यालीलाइ कसले नेतृत्व गरिरहेको छ, अहिले चासोको बिषय पनि बनेको छ । सुरक्षा निकायमा रहेका माथिल्लो अधिकृत देखि राजनीतिकर्मी र आम नागरीकहरूमा पनि आन्दोलनको नेतृत्व कसले गरेको भन्ने कौतुहलता जागेको छ ।

बाहिरी रूपमा देशभक्त नेपालीको ब्यानरमा आन्दोलन भएको देखिए पनि भित्रि रूपमा शिव सेना नेपाल र राप्रपाको नाम पनि चर्चामा रहेको छ । यद्यपि आन्दोलन कसको नेतृत्वमा भइरहेको हो, खुलिसकेको भने छैन ।

अन्य स्थानमा भएको आन्दोलनमा देशभक्त नेपाली र शिव सेना नेपालको चर्चा चुलिए पनि प्रदेश एकमा भने कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेतृत्व गर्दै आएको छ । लामो समयदेखि राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले राजसंस्था पुनस्र्थापनालाइ मुख्य एजेण्डा बनाएको जानकारहरू बताउँछन ।

देशवासीको मागलाइ सम्बोधन गर्न वा राजनीतिक द्वन्दबाट मुक्ति दिलाउन समुन्नत राष्ट्र निर्माण र हिन्दु राष्ट्र स्थापनाका लागि राजसंस्था आवश्यक रहेको राप्रपाका केन्द्रीय सदस्य रामु पोख्रेलको भनाई छ ।

उनका अनुसार शनिबार एकैदिन प्रदेश एकको झापा सहित चितवन र काठमाण्डौमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरिएको र र्यालीले देशमा पुनःराजसंस्था स्थापनाको लागि मुख्य भुमिका निर्वाह गर्ने बताए ।

क –कसको डिजाइनमा आन्दोलन ?

प्रदेश एक लगायत देशको बिभिन्न भागमा राजसंस्था ब्युताउने गरी भइरहेको आन्दोलनमा राप्रपाको नाम चर्चामा आएपनि एक्लैको प्रयासमा आन्दोलन नभएको जानकारहरुको दाबी छ ।

राजावादीकै श्रोतका अनुसार राजतन्त्र रहेको बेला राजाबाट प्रत्यक्ष रूपमा फाइदा लिएका एक समुहले अहिले यो आन्दोलन शुरू गरेको जनाएको छ । राजसंस्था हुदा प्रत्यक्ष फाइदा लिएका शिव सेना नेपालका केन्द्रीय अध्यक्ष बसन्तविक्रम पाण्डे उनका सहयोगि प्रकाश राणा, र पारस शाहको निकट मानिएका अनिल बस्नेत लगायतले आन्दोलन शुरू गरेको उनीहरुको भनाइ छ ।

यहि समुहले केहि महिना अघि सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको बारेमा जानकारी समेत गराएको थियो ।

मध्यरातमा पम्प्लेट छर्ने देखि, नाराको स्लोगन तयार पार्ने र ‘राजा आउ देश बचाउ’ अभियान नै यहि समुहबाट सञ्चालन हुदै आएको बताइएको छ । राप्रपा यहि आन्दोलनको मौका छोप्दै राजावादीहरूको कार्यक्रममा सरिक हुन पुगेको छ । दोश्रो संबिधान सभाको निर्वाचनमा चौथो ठुलो दल बने पनि मुलुकमा केही गर्न नसकेको राप्रपा यो पटक राजावादीहरूको आन्दोलनमा समर्थन जनाउदै राजसंस्था पुनःस्र्थापना र हिन्दु राष्ट्र कायम गराउने पक्षमा उभिएको छ ।

स्थानीय निर्वाचनमा नमिठो हार बेहोरेको राप्रपाले राजावादीको आन्दोलनमा युवा शक्तिको उपस्थितिलाइ देखेर आफ्नो राजनीतिक वाण चलाउने प्रयास थालेका बुद्धिजिवीहरु बताउँछन । पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले देशभर रहेका कार्यकता तथा पार्टीका जिल्ला प्रमुखहरूलाइ स्वयम उपस्थिति भइ आन्दोलनमा सहभागि हुन अनुरोध समेत गरेका थिए ।

शनिबार इटहरीमा भेला भएका राप्रपाका समर्थकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रतिमालाइ गाडिमा चढाइ बिर्तामोड सम्म पूर्याएका थिए भने बिर्तामोड देखि हजारौको संख्यामा मोटरसाइकल र्याली गरेका थिए ।

राजावादीहरूको आन्दोलनलाइ धमिलो पानीमा माछा मार्ने सपना संग तुलना गर्छन, राजनीतिक बिश्लेसक डम्बर खतिवडा । देशमा बिद्यमान राजनीतिक संकट र जनतामा छाएको निरासापनको फाइदा उठाउदै केहि समुह राजसंस्थाको पक्षमा उभिनु स्वभाविक रहेको उनको भनाई छ ।

तर यसले फलदायी निर्णय दिन नसक्ने खतिवडाले बताए । उनले भने, ‘राजतन्त्रको अन्त्य पश्चात पनि त्यसको पक्षमा वकालत गर्नु त्यो स्वभाविक हो, अहिले भएको आन्दोलनले गणतन्त्रलाइ त्यस्तो अफ्ठेरो भने पर्दैन, तर आन्दोलनलाइ शिर्ष दलले सामान्य मान्दै गए भने चै भोलिको दिनमा अफ्ठेरो स्थितिको सामना गर्नुपर्ने हुन्छ ।’

नारावाजी र र्यालीमा हुने सम्भावित घटनालाइ मध्यनजर गर्दै प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले मुख्य जिल्लाका शहरहरूमा सुरक्षा स्थितिलाइ बढाइ बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

शनिबार झापामा भएको बृहत मोटरसाइकल र्यालीलाइ मध्यनजर गर्दै प्रदेश एक प्रहरी कार्यालयले तिनै तहको सुरक्षा संयन्त्रलाइ परिचालन गरी सुरक्षा ब्यवस्था कडा बनाएको थियो ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved