इटहरी । लकडाउन खुकुलो सँगै बजारमा भिडभाड बढ्न थाले पछि अव्यवस्थीत सफारी पार्किङ र सडक किनारा ढाकेर पसल थाप्ने व्यवसायीका कारण हाटबजार अस्तव्यस्त बनेको छ ।
सडकनै ढाकेर पसल थाप्न थाले पछि बजारको भाग साघुरिदै गर्दा अव्यवस्थीत ढंगले संचालन भएका सफारीहरु पार्किङ गरिदिदाँ बजार अव्यवस्थीत बन्दै गएको छ । इटहरी उपमहानगरको मुख्य बजार क्षेत्र वडा नम्बर ६ र ९ मा रहेको हाट बजार ब्यवस्थापन गर्न नसक्दा लथालिंङ्ग बनेको छ ।
नियमनकारी निकायको अनुगमन आइतबार र बुधवार लाग्ने इटहरीको हाटबजार अब्यवस्थित र सफारीहरूको आतंकले स्थानीय मार्कामा परेका छन् ।
सफारी चालकहरुको बजार भर्न आएका सर्वसाधारणको झोला तान्ने, मान्छे नै किच्दै हिड्ने गरेको सर्वसाधारणको गुनासो छ ।
बजारलाइ ब्यवस्थित गर्न बजार ब्यवस्थापन समिति गठन हुन नसक्दा अब्यवस्थित हुनुका साथै साघुरो बजार क्षेत्रमा पस्ने सफारीहरूको मनोमानी बढेको उनीहरुको भनाई छ । बजार लाग्ने दिन सडक किनाराहरुमा पैदल यात्रुहरू समेत हिड्ने ठाउँ नराखी सफारी पार्किङ र फुटपाथमा पसल खोलेर बसिदिदाँ सर्वसाधारणहरुलाई बजार भर्न नै समस्या हुने गरेको नागरिक समाजका सदस्य सुरेन्द्र तामाङ बताउँछन ।
उपमहानगरका मेयर, उपमेयरलाई पटक पटक गुनासो गरे पनि समाधान गर्ने भनेर आश्वासन मात्र दिने गरेको उनले बताए ।
उनले भने, ‘आइतबार र बुधबार लाग्ने बजारलाइ ब्यवस्थित गर्न तत्काल बजार ब्यवस्थापन समितिको आवश्यक रहे पनि उपमहानगरले यस बिषयमा कुनै चासो राखेको छैन् ।’ एक त इटहरी उपमहानगर कोबिड १९ कोरोना भाइरसको संक्रमणको कारण जोखिममा परिसकेको छ त्यसमा पनि अब्यवस्थित बजारले बढाएको भिडका कारण झनै जोखिम रहेको उनको भनाई छ ।
बजारको दिन बाटो हिड्ने ठाउँ समेत नपाइने गरेको व्यवसायी हरि कोइराला गुनासो गर्छन । बजारको बिचमा रहेको पुलमा समेत ब्यापार गरिदिनाले सर्वसाधरणहरू समस्यामा परेको उनको भनाई छ । उनले भने, ‘बजार त्यसै परि अस्तव्यस्त छ, साघुँरो छ, त्यसमा सफारीहरूको जथाभावि पार्किङले बजार नै अस्तब्यस्त बनेको छ ।’
इटहरी उपमहानगरपालीका क्षेत्र अन्तरगत टेंग्रा पूलको आसपास साताको दुई पटक आइतबार र बुधबार बजार लाग्ने गरेको छ । बजारको दिन सफारीले मुख्य सडकहरु भरिने गरेका छन भने स्थानीय पैदल यात्रि तथा बजार भर्न आएका स्थानीयहरू माथी जथाभावी बोल्ने, दुव्र्यवहार गर्ने, झोलाहरु खोस्ने जस्ता अमानवीय कृयाकलापहरु हुने गरेको स्थानीयको गुनासो छ ।
सिटि सफारी र रिक्साहरु मुख्य सडक कब्जा गरी बसिदिनाले सडकको दुबै क्षेत्र साघुरीएर पैदल यात्रीहरु बाटो काट्न नै समस्यामा पर्ने गरेका छन् । बजारको भिडले आवश्यकीय एम्बुलेन्स, दमकल, प्रहरीको सवारी समेत घण्टौ रोकीने गरेका छन ।
इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सर्वसाधरणबाट आएको गुनासो जायज रहेको र समस्या गम्भिर रहेकोले के गर्ने भन्ने बिषयमा तत्काल एक छलफल बसेर सामधान तर्फ लागिने बताए ।