Top 4

    Showing 8,501-8,510 of 9,410 items.
  • जर्बजस्ती करणी गरेर फरार भएका मोरङगका एक अभियुक्त पक्राउ

    धरान/  गत साउनमा जर्बजस्ती करणी गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले चार महिना पछि पक्राउ गरेको छ । साउन १ गते कटहरी गाउँपालिका ३ को खयरवाना टोल भित्रि बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरि फरार भएका मोरङ जहदा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार युवतीलाई प्रलोभनमा पारेर जर्बजस्तीकरणी करणी गरि फरार भएका उनलाई मंगलबार प्रहरीले रंगेली नगरपालिका ७, मधुबतीबाट पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धान थ्रेसर गर्दै गर्दा आगलागी

    धरान/ धान थ्रेसर गर्ने क्रममा मंगलबार दिउँसो ट्याक्टरको इञ्जिन तातिएर अचानक आगलागी भएको छ । बराहक्षेत्र १० प्रकाशपुरका स्थानिय जानुका कार्कीको धान थ्रेसर गर्ने क्रममा इञ्जिन तातिएर आगलागी भएको हो । आगलागीका कारण करिब पन्ध्र मन धान, पराल, ट्याक्टर, थ्रेसरमा क्षति हुँदा करिब २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । उनका अनुसार बराहक्षेत्रको दमकल , प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको र मानवीय क्षति भने नभएको बताइएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका सदस्य गुणराज प्याकुरेलले दिए राजिनामा

    धरान/ गत कार्तिक ६ गते गठन भएको नेपाल स्किाउटको नवगठित बागमती प्रदेशको तदर्थ समितिका सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले तदर्थ समितिबाट राजिनामा दिएका छन् । समितिका सदस्य प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै आफुले समितिबाट नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् । उनले राष्ट्रिय तदर्थ समितिका संयोजकले दिएको अभिव्यक्ति गैरजिम्मेवार र विवादास्पद नैतिकता को आधारमा राजिनामा दिएको बताएका छन् । उनको विज्ञप्ति लेखिएको छ, “ २०७७ कार्तिक ६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजको माध्यबाट नेपाल स्काउटको विज्ञप्ति माफर्त आफु बागमती प्रदेशको तदर्थ समिति सदस्यमा मनोनित भएको जा

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 1,364 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशिफल , मंसिर ३ बुधबार

    नेपाल संवत ११४१ कछलाथ्व चतुर्थी, वि सं २०७७  मंसिर ३ गते बुधबार , नोभेम्बर १८ २०२० कार्तिक शुक्ल चतुर्थी २३ः३७ः१७ बजे सम्म सुर्योदय ६ः२६ः५८ सुर्यास्त १७ः१०ः३५ मेष . नयाँ कार्यको अवसर जुट्नेछ । धार्मिक क्षेत्रमा अग्रसरता बढ्नेछ । परोपकारमा मन आनन्दित हुनेछ । सामाजिक जिम्मेवारी बढ्न सक्नेछ । बृष . शुभचिन्तकहरु घटेर जान सक्नेछन् । कार्यमा बाधा उत्पन्न हुन। सक्नेछ गोप्यतामा ध्यान पुर्याउनुहोला । स्वास्थ्य सामान्य रहनेछ । मिथुन . आवश्यक साथ सहयोग जुट्नेछ । प्रेम सम्बन्ध दरिलो रहनेछ । कार्यमा आम्दानीका स्रोतहरु बन्नेछन् । मनमा सामान्य चिन्ता हुनसक्छ । कर्कट . शत्रुहरु सक्रिय रहनेछन् । बौद्ध

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ५६ जनामा कोरोना संक्रमण , ७ सय ४० जना डिस्चार्ज

    धरान : प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएक

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आज हुदै

    धरान । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । आजको खेल राजधानि ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार ४:४५ मा हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा जित निकाल्ने दाउमा मैदान उत्रिने छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ः० ले पराजित भएको थियो ।बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो&nb

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 1,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोर्चाका केन्द्रिय सचिबलाइ मातृशोक

    प्रदेश नं। १ को झापा जिल्ला स्थित दमक नगरपालिका ५ निवासी राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब अविन मेन्याङ्गबोको आमा स्व.पदम कुमारी बेघाको २०७७ मंसिर १ गते निधन भएको छ । स्व.बेघा बिगत केही समय यता मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो । पछिल्लो समय मंसिर १ गते स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भै धरान स्थित बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तथापि बिरामिलाई तत्काल आईसियु बेड चाहिएको हुदा बिराटनगर लैजादै गर्दा राती १० बजेर ३० मिनेट जादा निधन हुनु भएको थियो । पारिवारिक सुत्रबाट प्राप्त जानकारी अनुरुप उहाको पार्थिक शरीरलाई मंसिर २ ग

    • प्रकाशित मितिः मंसिर २, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप २ सय ७० जनामा संक्रमण थपिए

    धरानः प्रदेश १ मा आज २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १&nd

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज यमपञ्चकको अन्तिम दिन भाइटीका

    धरान । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ । यस वर्षको भाइटीकाको साइत मंसिर १ गते सोमबार मध्याह्न ११ः३७ मा उत्तम रहेको ने

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवा खेलिरहेको अवश्थामा नगद सहित ९ पक्राउ

    सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ । शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • 1,380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved