प्रदेश सरकारको बोट कोशी बगरमा अलपत्र

  • फाल्गुन ६, २०७७
  • संगम विष्ट
alt

वराहक्षेत्र/प्रदेश सरकारले दिएको स्वचालित डुङ्गा (बोट) कोशी बगरमै अलपत्र बन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अझै यथावत् छ । बजार तथा प्रशासनिक कामका लागि वराहक्षेत्र आउनु प-यो भने वराहक्षेत्र नगरपालिकाको कोशीटप्पुका शम्भु चन्द्रवंशीले सप्तकोशीमा काठे डुङ्गा नै प्रयोग गर्छन् । काठे डुङ्गाको विकल्प नहुँदा जोखिमपूर्ण यात्राको उनीहरूको समस्या समाधान हुन नसकेको हो ।

नगरपालिका पुग्न वा बजार भर्न आउनुप-यो भने पनि डुङ्गाबाहेक अन्य विकल्प नभएको स्थानीय रूपचन्द्र चन्द्रवंशी बताउँछन् । ‘चक्रघट्टी, राजावास हाम्रो बजार हो’, उनी भन्छन्, ‘यहाँ उत्पादन भएका सामग्री बजारमा लगेर बिक्री गरेर जीविकोपार्जन गर्न बजार नै पुग्नुपर्छ तरबजार पुग्न बीचमा कोशी छ ।’ कोशी तर्न डुङ्गाको विकल्प नभएको उनले सुनाए । ‘तर यो यात्रा जोखिमपूर्ण छ ।’ उनले थपे । नगरपालिकाको केन्द्र आइपुग्ने अर्को विकल्प उदयपुरबाट घुमेर कोशीको नयाँ पुलको बाटो पनि छ तर यो बाटो लामो र खर्चिलो रहेको उनी बताउँछन् ।

वराहक्षेत्र नगरपालिका–६ र ९ का दर्जनौँ बस्तीका सयौँ मानिस अभैm पनि डुङ्गा नै प्रयोग गरिरहेका छन् । काठे डुङ्गाको विकल्प सरकारले नदिएको होइन तर सञ्चालन हुन नसक्दा उनीहरूको बाध्यता अभैm उस्तै छ । प्रदेश सरकारले एक वर्षअघि नै दिएको पानीबोट अभैm पनि सञ्चालनमा नआउँदा वर्षौंदेखिको उनीहरूको जोखिमपूर्ण यात्रा अभैm यथावत् छ । सरकारले दिएको बोट कोशीमै अलपत्र परेको छ ।

२०७६ भदौ २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदीशप्रसाद कुसियतले बोट हस्तान्तरण गरेका थिए । नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गर्न बोट वडा नम्बर ९ लाई हस्तान्तरण गरिएको थियो । नगरपालिकासँग समन्वय गरी कार्यविधि बनाएर बोट सञ्चालन गर्न भनिएको थियो तर अहिलेसम्म कार्यविधि बन्न नसक्दा बोट बगरमै अलपत्र बनेको छ ।

वराहक्षेत्र–६ को सिसौली तारघाट र वडा नं ९ को राजावास तारघाट हुँदै दैनिक रूपमा सयौँ मानिस कोशीटप्पुबाट विभिन्न कामका लागि आउने गरेका छन् । स्थानीयलाई सहज र सुरक्षित रूपमा नदीमा यात्रा गराउने उद्घोष मन्त्री कुसियतले गरेका थिए । अहिले पनि राजावास तारघाट परम्परागत डुङ्गा चल्ने घाटको रूपमा परिचित छ ।

प्रदेश सरकारले १३ लाख रूपैयाँमा खरिद गरेको बोट नेपालमै बनेको हो । माउन्ट मकालु नाम गरेको बोटमा आठजनाको सिट क्षमता छ । कार्यविधि नबनेका कारण बोट सञ्चालन हुन नसकेको वडा नं ९ का अध्यक्ष दीपक लिम्बूले बताए । वडाध्यक्ष लिम्बूका अनुसार बोट सञ्चालन गर्ने प्रक्रिया, सेवा शुल्क, चालकको नियुक्ति आदि नटुङ्गिँदा बोट सञ्चालन हुन नसकेको हो । यसका लागि पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गरिरहेको उनले बताए । चाँडै कार्यविधि बनाएर समितिको मातहतमा ल्याई बोट सञ्चाल हुने उनको भनाइ छ । सरकारबाट प्राप्त सेवा उपभोग गर्न नपाउँदा कोशीटप्पुका बासिन्दा आक्रोशित छन् ।

वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले कार्ययोजना बन्न नसक्दा बोट सञ्चालन हुन नसकेको स्वीकार गरिन् । केही प्राविधिक समस्या रहेकाले कार्यविधि बन्न नसकेको उनको भनाइ छ । राजावास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै चाँडै बोट सञ्चालन गरिने उनले बताइन् ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved