दिउँसै ताला फुटाउने पक्राउ

  • फागुन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ दिउँसै घरको ताला फुटाएर लाखौँका गरगहना र नगद चोरी गरी भाग्ने क्रममा बिहीबार यहाँ एकजना पक्राउ परेका छन् । इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा बिहीबार दिउँसो ताला फुटाएर १२ तोला सुनका गरगहना तथा नगद चोरेर फरार हुन खोज्दा स्थानीयले तिनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

ती व्यक्ति मकवानपुर जिल्लाको हेटौडा उपमहानगर–२ घर भएका २९ वर्षीय मनिष घिमिरे भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्य तेस्रो तल्लामा रहेको र केही सदस्य तलको किराना पसलमा रहेको मौका छोपेर चोरी गरी फरार भइसकेका घिमिरेलाई स्थानीयले इम्पेरियल होटलको कम्पाउन्डबाट नियन्त्रणमा लिएका थिए ।

उनको साथबाट प्रहरीले १२ तोला सुनका गरगहना, सावित्रा भण्डारीको नाममा काटिएको १८ लाख ४५ हजार रूपैयाँका विभिन्न बैङ्कका चेक, डिल्लीबहादुर भण्डारीको नामको सानीमा बैङ्कको एटीएम कार्ड रनगद ६० हजार ४२४ रूपैयाँ बरामद गरेको छ । घिमिरेले नशालु पदार्थ सेवन र यसका लागि सुईको समेत प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत कार्यालयबाट म्याद थप गराई उनीविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved