वराहक्षेत्र मन्दिरमा विष्णुका दश अवतार स्थापित हुँदै

  • फागुन ९, २०७७
  • "संगम विष्ट"
alt

वराहक्षेत्र/ हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र धामको परिसरमा थप धार्मिक आकर्षणका लागि मन्दिरसहित भगवान् विष्णुका दश अवतारका मूर्ति निर्माण हुने भएका छन् ।
हिन्दू धर्मशास्त्रअनुसार वराहलाई भगवान् विष्णुकै तेस्रो अवतार मानिन्छ । पृथ्वी डुब्न लागेको बेला भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीको रक्षा गरेको धार्मिक विश्वास छ । त्यही विश्वासमा यहाँ वराहक्षेत्र धाम स्थापना गरिएको हो । अहिले यहाँ विष्णुका १० वटै अवतारका मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

वराहक्षेत्र–१ मा पर्ने वराहक्षेत्र मन्दिर परिसरभित्रै निर्माण भइरहेको मूर्तिको ९० प्रतिशत काम पूरा भइसकेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।
भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको हो । हिन्दू धर्ममा संसारका चार धाममध्ये एक धामको रूपमा वराहक्षेत्रलाई मानिन्छ । भगवान् विष्णुका दश अवतारमा क्रमशः मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र दशौँ अवतार कल्की रहेको मानिन्छ ।

धार्मिक दृष्टिले महत्तवपूर्ण मानिने भगवान् विष्णुका दश अवतारसम्बन्धी मूर्तिहरू तीर्थयात्रुलाई अवलोकन र अध्ययनका लागि निर्माण गरिएको मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । वराहक्षेत्र ऐतिहासिक तथा पौराणिक तीर्थस्थल भएकोले यहाँ धार्मिक आस्थाका आकर्षक स्थलहरू थप्दै जाने योजनाअनुसार मूति निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
मञ्चले भक्तजनहरूबाट सङ्कलन गरेको दान रकमबाट मूर्ति निर्माण भइरहेको कोषाध्यक्ष सुमन भण्डारीले बताए । उनले यसमा २० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको जनाए । यी मूर्तिहरूको निर्माण कलाकार विक्रमश्रिले गरेका हुन् । मन्दिरमाथि गजुर र मुख्य द्वारा बनाएर आगामी वैशाखमा मूर्ति अनावरण गर्न लक्ष्य लिइएको मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved