‘हाम्रो पक्षमा निर्णय नभए आन्दोलन’

  • फागुन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना गरेर देशलाई अस्थिरतातर्पm धकेल्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।
संसद् विघटनलाई जनताले अनुमोदन गरिसकेकाले नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । नेकपा (ओली समूह) प्रदेश एकले विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’

जनसभालाई सम्बोधन गर्दै ओलीले संसद् पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनीसमेत दिए । ‘संसद् विघटन जनताले अनुमोदन गरिसकेका छन्’, उनले भने, ‘नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प छैन ।’ उनले चुनाव चिह्न सूर्य प्रचण्डको नभएको दावीसमेत गरे । उनले चुनाव चिह्न सूर्य आफैँले पाउने जिकीर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आफू अनुकूल हुने विश्वास व्यक्त गरे । ‘सूर्य चिह्न प्रचण्डले हाम्रो भन्नु उनलाई कहाँको नैतिकताले दिन्छ ?’, ओलीले प्रश्न गरे, ‘उनले सूर्य चिह्नमाथि दावी गर्नु कतिको उचित छ ?’

उनले कसैले पनि देशलाई अस्थितरतातर्फ फर्काउन नमिल्ने बताए । ‘देशभरमा अब कुनै शक्तिले रोक्न सक्दैन’, उनले भने, ‘स्थिरताका लागि पनि हामीले नै पुनः नेतृत्व गर्नुपर्छ ।’ जनताले निर्वाचनमार्फत् ताजा जनादेशमा जान चाहेको देशभरका सभामा पुष्टि भइरहेको भन्दै जनताले चुनावलाई अनुमोदन गरेको उनको भनाइ छ । उनले निर्वाचन आयोगले चुनावको काम गरिरहेको भन्दै चुनाव नहुने हो कि भन्ने भ्रम नपाल्न आग्रह गरे । नेकपाको अर्को खेमाले गरेको हल्लाजस्तो चुनाव अनिश्चित नभएको र निर्धारित समयमै चुनाव गराउन सरकार लागिपरेको पनि ओलीले ठोकुवा गरे ।

उनले विराटनगरको सभामा उपस्थित भएका कार्यकर्तालाई हौस्याउँदै जनता परिवर्तनको पक्षमा भएको बताए । आफुले नजिते पुनः स–साना दलहरू मिलेर यसअघि बनेजस्तो अस्थिर सरकार हुने भन्दै चुनावबाट आएको ताजा जनादेशले पाँच वर्ष ढुक्कले सरकार चलाउने र आफ्नो पार्टीलाई नै जनताले रोज्नेमा आफू विश्वस्त रहेको पनि बताए । विराट नर्सिङ होम नजिकै भएको सभामा उपस्थित जनतालाई उनले भने, ‘आजको सभालाई क्यामेराले पनि कैद गर्न सक्दैन ।

उ त्यो ड्रोनले पनि सक्दैन ।’ उनले आकाशतिर हेर्दै अर्धचन्द्रलाई देखाउँदै थपे, ‘विराटनगरका विभिन्न चोकमा लगाइएका माइक र एलईडी स्क्रिन हेरिरहेका जनतालाई एकैपटक हेर्न त आकाशको चन्द्रमाले मात्रै भ्याउँछ ।’ यसअघि ओलीले प्रचण्ड र माधव नेपाललाई व्यङ्ग्य हाने । उनले नेपालप्रति कटाक्ष गर्दै भने, ‘अध्यक्ष चाहिने भए निर्वाचनमा जित्नु पथ्र्यो । निर्वाचन आयोगले अध्यक्षमा मलाई र दाहालजीलाई मात्र चिन्यो । उहाँ (नेपाल) लाई चिनेनछ । उहाँ खोइ केको अध्यक्ष हुँ भन्दै अझै आसन ग्रहण गर्दै हुनुहुन्छ, लाज हुनुपर्ने हो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved