Top 4

    Showing 8,471-8,480 of 9,409 items.
  • यौन हिंसा विरुद्ध ऐन संशोधन गर्न अध्यादेश,बलात्कार गर्ने वा मिलाउने दुवैलाई कडा सजाय

    धरान । ऐन कानुन बने पनि समाजमा बलात्कारका घटनाहरु बढिरहेका छन् । घर भित्रै तथा घर बाहिरबाटै बलात्कार हुने गरेका घटनाहरु दैनिक जसो सार्वजनिक भइरहेका छन् । बलात्कारीलाई हदै सम्मको कारवाहीको माग गर्दै आन्दोलन चलिरहेको छ । यसै बिच बलात्कारको घटनामा राज्य कडा रुपमा अघि बढ्ने भएको छ । यस अघि भएका कानुनलाई संशोधन गर्दै सरकारले कानुनलाई कडा बनाएको छ । बलात्कारका दोषि हुन् वा बलात्कारका मुद्धामा मिल्न दबाब दिनेलाई पनि कडा कानुनको दायरमा ल्याउन सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ । बलात्कारका दोषिलाई आफन्तहरु बाट देखि बाहिरका पनि समाजमा व्यापान यौनजन्य घटनाहरु भइरहे पनि मौजुदा कानुन पर्याप्त

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 2,284 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिस्यान केन्द्र निर्माण गर्दै वराहक्षेत्र

    बराहक्षेत्र । स्थानीय उत्पादनको चिस्यानका लागि वराहक्षेत्र नगरपालिकाले ७० मेट्रिक टनको कोल्डस्टोरको निर्माण अन्तिम चरणमा पुर्याएको छ । प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा विनियोजित ७५ प्रतिशत रकम र वराहक्षेत्र नगरपालिकाको २५ प्रतिशत अनुदानमा कोल्डस्टोर निर्माण भइरहेको छ । वराहक्षेत्र ६ स्थित निर्माणाधीन कोल्डस्टोर भवनमा कूल ७० मेट्रिक टन क्षमताको ३ वटा च्याम्बर राखिने वराहक्षेत्र नगरपालिकाकी कृषि शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन् । वराहक्षेत्रमा उत्पादित आलु र प्याज लगायतका उत्पादन चिस्यानका लागि विराटनगर लानुपर्ने बाध्यता रहेको छ । उनले भनिन्, ‘यहाँ

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचकन्या पार्कको डिपिआर तयार

    धरान । पर्यटकीय गन्तव्यको विकाशमा अग्र रहेको धरान उपमहानगरपालिकाले थप गन्तव्यका लागि वडा नम्बर ६ को पानवारीमा पाँचकन्या पार्क निर्माण गर्ने भएको छ । पार्क निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट समेत तयार गरेको छ । पाँचकन्या सामुदायीक वन उपभोक्ता समुहले विस्तृत परियोजना रिपोर्ट बनाएको छ । वनको परिषरमा करिब ५ विगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताए । उनका अनुसार धरान पर्यटकीय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचक

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी यातायातमा बेथिति: व्यवसायीलाई सास्ती ,राजस्व काउण्टर बन्दको समयमा पनि जरिवाना

    सुनसरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरीे कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणका लागि पुगे तर सर्वर नभएको बहाना देखाउँदै फर्काइयो, पुनःभोली पल्ट कार्यालय खुलिसके पछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन । उनी तिन पटक राजस्व बुझाउन गए तर पनि केही न केही समस्या देखाउँदै फर्काइयो । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी थप मार्कामा परेका छन् । समयमै पैसा तिर्न आएका सेवाग्राहीलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्ने उनले दुखेसो पोखे । कोरोनाको महामारीका कारण लामो समय देखिको लकडाउनले मारमा परेका यातायात व्यवसायीहरु

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,542 पटक पढिएको
    • "दिनेश गजमेर"
  • तस्करी पक्राउ गर्न खोज्दा हवाई फायर

     सुनसरी । भारतीय नाकाबाट अवैध रुपमा सामान तस्करी भित्र्याउने क्रममा एक महिलालाई पक्राउ गर्ने क्रममा प्रहरीले १ राउण्ड हवाई फायर गरेको छ । बिराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित मटेरुवाबाट १ सय ८ थान छालाको बेल्ट सहित तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी माथिनै अन्य मानिसहरुले हुलहुज्जत गर्न थाले पछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले अरबिना खातुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गर्न खोजेको थियो । अवैध सामान भित्र्याउन लागेको सुचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीले हवाई फायर गरे पछि महिलालाई न

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध हातहतियार सहित विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ

     सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षिय पेम्बा साङगे शेर्पालाई हातहतियार सहित मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लावारी नगरपालिका ६ बाट उनलाई अबैध हातहतियार र गोली गठ्ठा सहित पक्राउ गरेको हो । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शेर्पाको साथबाट अटो पेस्तोल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवाईल, व्याग ८

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङगता भएकालाई रफराइडल ह्विल चेयर वितरण

    धरान । दुर्घटना तथा विभिन्न रोगका कारण अपाङ्गता भएका व्यक्तिहरूको लागि खेल खेल्न सकिने खालको (रफराइडर) ह्विल चेयर वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग पुनः स्थापना समाज काठमाडौँको सहयोग तथा स्पाइनल इन्जुरी संघ प्रदेश १ को आयोजनामा १७ वटा ह्विल चेयर वितरण गरिएको हो । इटहरीमा एक कार्यक्रम गरी धनकुटा, सुनसरी, मोरङ र तेह्रथुम जिल्लाका १७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिगोटा एक लाख बराबरको ह्विल चेयर वितरण गरिएको हो । पहिलेका बर्षहरुमा सामान्य हिँडडुल गर्ने ह्विल चेयर वितरण गर्ने गरे पनि यो पटक भने खेल खेल्न सक्ने ह्विल चेयर वितरण गरेकोमा राम कार्कीले खुशी व्यक्त गरे । उनले भने, ‘अपाङगता

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध हातहतियार सहित १ जना पक्राउ

    मोरङ ।मोरङको उर्लावारी नगरपालिका(६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । शेर्पाको साथबाट AUTO PISTAL USA लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाट

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको रुटिन ओटि आज देखि पनि पुर्ण रुपमा संचालन हुन सकेन्

    धरान । रुटिन ओटिमा प्रयोग हुने सामग्री बिग्रिएका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज देखि शुरु हुने भनेको रुटिन ओटि पुर्ण रुपमा संचालन हुन सकेन् । केही दिन अघि सुचना जारी गर्दै मंसिर ७ गते देखि रुटिन ओटि संचालन हुने जनाएको थियो । तर लामो समय देखि बन्द रहेका सामग्रीको समयमै आवश्यक मर्मत सम्भार तथा चेकजाँच नगर्दा तोकिएको समयमा रुटिन ओटि संचालन गर्न नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ । पुर्ण रुपमा संचालन गर्दा ७ वटा रुटिन ओटि सुंचारु हुन्छ तर आज एउटा मात्रै थपिएको छ । यस अघि १ महिना देखि २ वटा रुटिन ओटि संचालनमा थिए । आज एउटा थपिएर ३ वटा रुटिन ओटि संचालनमा आएको सहायक अस्पताल निर

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचथरका तीन हजार घरमा एकैदिन विद्युतीकरणको शुभारम्भ

    पाँचथर । पाँचथर जिल्लामा शुक्रवार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९ सय ९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् । शुक्रवार जिल्ला आएका उनले अलगअलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई गाउँपालिकाका ६ ओटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रवार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो । कुम्मायक – २ माङ्जाबुङका ७

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,091 पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved