महालक्ष्मीद्वारा आफ्नै लोगो सार्वजनिक

  • फागुन १९, २०७७
  • "सन्तोष रुचाल "
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । जिल्लाका सातवटै पालिकामध्ये महालक्ष्मी नगरपालिकाले पहिलोपटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो ।

नगरको छैठौँ नगरसभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मीको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गरिएको नगर प्रमुख परशुराम नेपालले बताए । उनले अब नगरले यही लोगो प्रयोग गर्ने जनाए । ‘नगरपालिका स्थानीय सरकार भएकाले आफ्नै लोगो प्रयोग गर्न लागेका हौँ ।’ नेपालले थपे ।

नगरपालिकाको लेटरप्याडसहित नगरका विभिन्न गतिविधिमा लोगो प्रयोग गरिने महालक्ष्मी नगरपालिकाले जनाएको छ । छैठौं नगरसभाले कार्यक्रम संशोधन÷ रकमान्तर, राजश्व र कार्यपालिका बैठकहरूका निर्णय पारित गरेको छ ।

चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वीकृत वार्षिक कार्यक्रममध्ये २५ वटा कार्यक्रमको ८९ लाख ७७ हजार रुपैयाँलाई ९ वटा कार्यक्रम सञ्चालन गर्ने गरी रकमान्तर गरेर संशोधन गरिएको छ । नगरकी उपप्रमुख मञ्जुकुमारी कार्कीले प्रस्तुत गरेको संशोधन तथा रकमान्तर प्रस्ताव नगरसभाले सर्वसम्मतरूपमा पारित गरेको हो । त्यस्तै, नगरपालिकाको अर्थसम्बन्धी विधेयक २०७७÷०७८ सँग बाझिने नगरपालिकाका अन्य ऐनहरू बाझिएको हदसम्म बदर हुने र यी विषय विधेयकबमोजिम हुने निर्णय नगरसभाले पारित गरेको छ ।


चालू आर्थिक वर्षको हालसम्म नगर कार्यपालिकाका ११ वटा बैठकले गरेका १३८ वटा निर्णयहरू नगरसभाले सर्वसम्मतिले पारित गरेको छ । विभिन्न निर्णय पारित गरेपछि नगर प्रमुख नेपालले नगरसभाको बैठक आगामी २९ गते पुनः बस्ने गरी स्थगित भएको जनाए ।

155533057_439015660718217_8896575364159840013_n

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved