हातमा दल्ने सेनिटाइजर खाँदा दुईको मृत्यु

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् ।

किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजे आधा लिटर सेनिटाइजर खाएकी थिइन् ।

मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर खाएको खुलेको प्रहरीले जनाएको छ । कोशी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ । सेनिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट चुमनलाल दासले बताए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved