हातमा दल्ने सेनिटाइजर खाँदा दुईको मृत्यु

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् ।

किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजे आधा लिटर सेनिटाइजर खाएकी थिइन् ।

मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर खाएको खुलेको प्रहरीले जनाएको छ । कोशी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ । सेनिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट चुमनलाल दासले बताए ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved