मेयरको बेवास्ताले समय सकियो, धरानका सुकुम्बासीमाथि अन्याय

  • फाल्गुन १९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । पछिल्लो समय बढ्दै गएको राजनितिक असंतुलनका कारण सुकुम्बासी आयोगले शुरु गरेको सुकुम्बासी लगत संकलनको काम प्रभावित बनेको छ । सुकुम्बासी आयोगले लगत संकलन गरेर सिफारिस गर्न जारी गरेको ३५ दिने सुचना सकिदाँ पनि कतिपय स्थानीय तहले लगत संकलनको फर्म नै भराएका छैनन् भने कतिपय निकायमा सिफारिस समितीनै बन्न सकेको छैन् । राजनितिक असंतुलनका कारण सबै भन्दा ठुलो प्रभाव धरानमा परेको छ ।

धरानका १२ हजार २ सय ६६ घरधुरी सुकुम्बासीले आयोगले तोकेको समय भित्रै फर्म भर्न पाएनन् । जसका कारण राज्यले लालपुर्जा दिन्छौं भनेर सिफारिस माग्दा पनि धरान उपमहानगरपालिकामा देखिएको राजनितिक असंतुलनले सुकुम्बासी घरधुरी लालपुर्जा पाउनबाट बञ्चित हुने देखिएको छ । नेपाल सुकुम्बासी बस्ती संरक्षण समाजका केन्द्रिय महासचिव कुमार कार्कीका अनुसार धरानले चाहेको भए १० दिन भित्रमा लालपुर्जाको लागि सिफारिस पठाई सक्थ्यो । देशमै पहिलो चोटि २०६९ सालमा साविक धरान नगरपालिकाले र दोस्रो पटक २०७२ सालमा धरान उपमहानगरपालिकामा गाभिएका साविक विष्णुपादुका र पाँचकन्याको सुकुम्बासी घरधुरी लगत संकलन गरिएको थियो ।

त्यसबेला १२ हजार २ सय ६६ घरधुरीको लगत संकलन भएको थियो । धरान प्रदेश १ को सबैभन्दा बढी सुकम्बासी तथा अव्यवस्थित बसोबासको समस्या भएको स्थानीय तह हो । सोही लगतलाई आधार बनाएर फर्म भर्न थालिएको भए यतिबेला लालपुर्जाको लागि अद्यावधिक शुरु भइसक्ने कार्कीको भनाई छ । स्थानीय तहको इच्छाशक्ति नहुँदा धरानका सुकुम्बासीले लालपुर्जा पाउनबाट पछाडि धकेलिएको उनी बताउँछन् । मेयर र उपमेयर दुई पार्टीको हुँदा पनि केही असहजता भएको उनको भनाई छ ।

२०७४ सालमा भएको स्थानीयतहको निर्वाचनबाट निर्वाचित मेयर तारा सुब्बाले कार्यभार सम्हालेको पहिलो दिननै सुकुम्बासीलाई घर नम्बर वितरणको निर्णय गरेका थिए । उनको निर्णयले धरानमा सुकुम्बासी घरधुरीहरुले लालपुर्जा पाउने आशा लिएका थिए । त्यसबेला धरानका करिब २५ सय घरधुरीलाई घर नम्बर समेत वितरण गरिएको थियो । कार्कीका अनुसार देशै भरमा ४ सय २६ स्थानीय तहले आयोग सँग सम्झौता गरेका थिए ।

जस मध्ये १ सय ७९ स्थानीय निकायले सुचना प्रकाशित गरि लगत संकलन गरिरहेका छन् भने १ सय नियकाले लगत संकलन गरिसकेर आयोगले अद्यावधिक गरिसकेका छन् । सरकारले २०७७ माघ ११ गते देखि लागुहुने गरि भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थीत बसोबासीको व्यवस्थापनको लागि भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको पहिचान र प्रमाणीकरण गर्ने कार्यलाई व्यवस्थीत गर्ने प्रयोजनका लागि भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गरि आधार र मापदण्ड बनाएर लागु गरेको थियो ।

भुमिहिन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीको पहिचान, लगत संकलन प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न स्थानीय तहमा देहाय बमोजिमको भुमि सम्बन्धी समस्या समाधान सहजीकरण समिती बनाउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

स्थानीय तहको अध्यक्ष वा प्रमुख संयोजक रहने गरि उपप्रमुख, सहसंयोजक, सम्बन्धीत स्थानीय तहमा क्रियाशील रहेका मान्यता प्राप्त राजनितिक दलनका प्रमुख वा निजले तोकेको प्रतिनिधी सदस्य, कार्यपालिकाका सदस्यहरु मध्येबाट एक दलित महिला सहित दुई जना महिला सदस्य, संयोजकले मनोनयन गरेको भुमि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका संघसंस्था वा नागरिक समाजका प्रतिनिधी (कम्तीमा १ महिला सहित २ जना र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था गरेको थियो ।

तर धरानले भने समन्वय समितीनै गठन गर्न सकेन् । सिफारिसका लागि स्थानीय तहलाई समिती बनाएर सिफारिस गर्न व्यवस्था भए पनि समितीनै गठन गर्न नसकेको धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी बताउँछिन् । लगत संकलनमा मेयरले तदारुकता नदेखाएको उनको भनाई छ । उनले भनिन्, ‘आयोगलाई सहजीकरण गर्न समिती बनाउनुपर्ने, त्यसमा मेयरको तदारुकता पनि त्यती भएन्, वडाअध्यक्षहरुले पनि तदारुकता नदेखाउँदा समस्या भएको हो ।’ पहिलो भएको लगत संकलनलाई आधार बनाएर मुख्य प्रोजेक्टको रुपमा अघि बढाएको भए काम सकिने भए पनि मेयरको तदारुकता नभएको उनको आरोप छ ।

यता मेयर तिलक राईले राजनितिक दलहरुले प्रतिनिधी नपठाउँदा समितीनै बन्न नसकेको बताए । उनले भने, ‘आयोगले राष्ट्रिय दल मानिएका राजनितिक दलको प्रतिनिधी समितीमा राख्नुपर्ने प्रावधान बनाएको छ, समितीनै बन्न सकेन्, वडाहरुले पनि वस्तुस्थिती बुझेर पठाएनन्, त्यसैले काम अघि बढ्न सकेन् ।’

म्याद थप गरेर भए पनि लगत संकलनका लागि फर्म भराउने कार्य चाडै शुरु हुने उनले बताए । ढिलाई प्रति नेकपाको आपत्ति सुकुम्बासी लगत संकलनमा धरान उपमहानगरपालिका नेतृत्वले बेवास्ता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान नगरकमिटीले आपत्ति जनाएको छ । पार्टीका धरान नगर अध्यक्ष हर्कजंग एभेङ र सचिव ठाकुर बहादुर कार्कीले विज्ञप्ती जारी गर्दै धरान उपमहानगरपालिकाले नेतृत्वले म्याद गुजारेर सुकुम्बासी प्रति गरेको बेवास्ता प्रति कडा निन्दा र भत्र्सना गरेको छ ।

नगर प्रमुख आफैले हस्ताक्षर गरेको सम्झौतालाई कार्यान्यवन नगरी समय गुजार्नुले प्रमुखको सुकुम्बासी प्रतिको दृष्टिकोण उदाङ्गो भएको जनाएको छ । सुकुम्बासी समस्या समाधान सबैको राजनितिक र सामाजिक दायित्व रहेकाले दलीय स्वार्थ र आग्रहबाट माथि उठेर धरान नगरको सुकुम्बासी समस्या समाधानको काम अविलम्ब आरम्भ गर्न माग गरेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved