आगलागीबाट ताप्लेजुङको दोभान बजार उजाड भयो, ४९ घर जलेर नष्ट

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी चपेटमा परेको छ । आगलागीबाट बजार तहस नहसको अवस्थामा पुगेको छ ।

मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विधुत चुहावट(सर्ट) भई शुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो ।

विहान ९ः२५ बाट शुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीलाई हम्मेहम्मे परेको थियो । स्थानीय दिपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाई दिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंकसहित दर्जनौ घर जलेर नष्ट भएका हुन ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काईको जानकारी दिदैं प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी विपीन रेग्मीले आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायले समन्वय गरी मेहनत गरेको बताए । भने,“सुख्खा मौसम र नजिकै सटिएका घरमा सल्किएको आगो नियन्त्रण गर्न निक्कै कठिन भयो ।”
आगलागीको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन भएको थियो ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएको र यसबाट २२ जना डेरावालसमेत आगलागीबाट पीडित बनेको जानकारी दिएकी छन् ।

आगलागीमा भएको क्षतिको यकिन नभएको र पीडितलाई टेन्टमा राख्ने प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ समेतको सहभागितामा भएको बताइन । केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार नै सखाप भएको थियो ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार विस्थापित परिवारलाई राहतका साथै क्षतिको विविरण संकलन गर्न एक समिति गठन गरिएको बताए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीपीडितको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएकी छन ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved