Top 4

    Showing 8,341-8,350 of 9,409 items.
  • पत्रकार गौतम पुरस्कृत

    धरान / ‘सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यस वर्ष गौतमलाई प्रदान गरिएको हो । गौत्तमलाई नगद १० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको स्मार्ट बसपार्क : स्टिमेट बजेट बढे पछि डिपिआर संशोधन

    धरान । प्रदेश सरकारले तयार गरेको डिपिआर अनुसार लागत स्टीमेट ठुलो बजेटको भए पछि धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन गरिएको छ । प्रदेश सरकारको ससर्त अनुदानबाट निर्माण गरिने भनिएको धरान ८ स्थित तिनकुने सुन्दर बस्ती विकाश आयोजना अन्र्तगतको स्मार्ट बसपार्कका लागि डिपिआर अनुसार निर्माण हुने बसपार्कका लागि धरान उपमहानगरपालिकाले बजेट धान्न नसक्ने भए पछि संशोधन गरिएको हो । प्रदेश सरकारले परामर्शदाता मार्फत तयार गरेको डिपिआरको लागत स्टिमेट करिब ४३ करोडको थियो । परामर्शदाताको डिपिआरमा थुप्रै कुरा छुटेकोले उपमहानगरको प्राविधिकले रिचेक गर्दा लागत झण्डै ६४ करोड पुगेको थियो । उपमहानगरसँग सिमित स्रोत मात

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागु औषधको ट्रान्जिट बन्दै धरान इटहरी : खुल्ला सिमाना मुख्य चुनौती, चेक जाँचमा कडाइ

    इटहरी । कोरोना संक्रमणका कारण सिल गरिएका भारतीय नाकाहरू पछिल्लो समय केहि खुकुलो हुन थाले पछि सुनसरीको बजारहरूमा प्रतिबन्धीत अवैध लागुऔषध भित्रिन थालेका छन । सुनसरीसंग जोडिएका खुल्ला सिमाना र बिराटनगरको जोग्वनीबाट प्रतिवन्धीत लागु औषधहरू मोरङ हुदै सुनसरीका बजार भित्रिन थालेका हुन । सरकारले गत साउन ६ गते आंशिक लकडाउन अन्त्य भएको घोषणा पछि भदौ दोश्रो साताबाट भारतीय नाकाहरू खुकुलो बनाइएको थियो । नाकाहरू खोलीए संगै सुनसरीको बजारहरूमा अवैध लागुऔषधको कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । गएको १ महिना यता सुनसरीको बिभिन्न स्थानहरूबाट २४ जना लागुऔषध कारोबारी समातिएका छन । जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • 1,369 पटक पढिएको
    • "तेजबहादुर बन "
  • भन्सार छलि गरी ल्याएको रु. ३३ लाख मूल्य बराबरको कपडा बरामद

    विराटनगर । विराटनगरका बजारमा भन्सार छली र चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारी रु. ३३ लाखभन्दा बढी मूल्यको भन्सार छली र चोरीपैठारी गरी अवैध रूपमा भण्डारण गरेको अवस्थामा विहीबार कपडा बरामद गरेको हो । विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोक नजिक तरुण कुमार साह (रौनियार) को गोदाम पसलमा प्रहरीले दिउँसो छापा मारेको थियो । त्यस क्रममा भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा भण्डारण गरेको सर्ट(३२८३ पिस, जम्फ २३ पिस र पाईन्ट ३५ पिस अन्दाजी मुल्य रू. ३३ लाख ४१ हजार ९ सय बराबरको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद भएक

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विप्लव समूहद्वारा हत्या गरिएका शिक्षकको मधुमल्लामा सदगत

    विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको सदगत गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा विहीबार अन्त्येष्टि गरिएको हो । श्रेष्ठको पार्थिव शरीरमा छोरा छत्रबहादुरले दागबत्ती दिएका छन । मिक्लाजुङको विकट क्षेत्रमा विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरी शिक्षक श्रेष्ठको घाँटी रेटेर मंगलबार हत्या गरेका थिए । श्रेष्ठको अन्त्योष्टिमा नेकपामा केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदसहित राजनीतिक व्यक्तित्वहरुको समेत सहभागिता थियो । श्रेष्ठलाई संघीय सांसद घनश्याम खतिवडा, नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सांस

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,493 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट कार्यान्वयन प्रति कांग्रेसको आशंका, संशोधन गर्न दबाब, मुख्यमन्त्री शिलान्यासमा मात्र केन्द्रीत भएको आरोप

    विराटनगर । प्रदेश १ संसदमा प्रमुख विपक्षी कांग्रेसले तुरुन्तै प्रदेशसभा अधिवेशन शुरु गरी बजेट संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिएको छ । संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले अहिलेको बजेट कार्यान्वयन नै हुन नसक्ने भन्दै यसलाई संशोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । विपक्षी दलका नेता राजीव कोइरालाले भने, “सरकारले पहिले ल्याएका कतिपय कार्यक्रममा बजेट कार्यान्वयन हुने अवस्था देखिएको थियो तर आर्थिक मामिला मन्त्रालयले नै आधामात्र बजेट कार्यान्वयन गर्न भन्दै मन्त्रालयहरुलाई पत्राचार गरेकोले अब बजेट संशोधन गरेर जानुपर्छ । कार्यान्वयन हु

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा स्वास्थ्य वीमा दर्ता कार्य प्रारम्भ,थापा दोश्रो बिमीत

    गाईघाट उदयपुर/  नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको ६१ औ ज़िल्लाको रुपमा उदयपुर जिल्लामा स्वास्थ्य बिमा दर्ता कार्य प्रारम्भ गरेको छ।मंसिर २४ मा उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रमका बिच पाँच जना जेष्ठ नागरिकलाई स्वास्थ्य बिमा कार्ड बितरण गरेर कार्यक्रमको सुभारम्भ गरिएको हो । स्वास्थ्य बिमा सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का माननीय अम्बिका थापाले त्रियुगा नगरपालिकाका जेष्ठ नागरिक भुबनसिं श्रेष्ठलाई स्वास्थ्यबिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरे । त्यस्तै गरि माननिय थापा आफैले दोश्रो सदस्यता परिचय पत्र बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर गड्तौलाबाट

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,381 पटक पढिएको
    • "ललित राई"
  • मिक्लाजुङका मृतक शिक्षकको शव मधुमल्ला ल्याइयो

    विराटनगर । सुराकीको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले हत्या गरेका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विहीबार (आज) अन्त्येष्टि हुने भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि उनको शव छोराको घर मधुमल्ला स्थित रचनामा ल्याइएको छ । रचनामा रहेको घरमा श्रेष्ठका एक छोरा र छोरी बस्दै आएका थिए । रचनामा श्रेष्ठका आफन्त र दाजुभाईको पनि घर रहेको छ । उनको अन्त्येष्टि विहीबार मोरङको मिक्लाजुङ–२ स्थित बक्राहा खोलामा गर्ने परिवारको तयारी छ । प्रअ श्रेष्ठ श्रीमती सहित बर्खेमा बस्दै आएका थिए । श्रेष्ठको हत्या भएको खबर आएपछि छोरा छत

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका विद्यालयको वार्षिक शुल्क न्युनतम ३ हजार देखि ७ हजार सम्म

    धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,572 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकल महिला जानुका विक घर निर्माणमा सहयोग जुट्दै

    धरान । चटपटे बेचेर गुजारा गर्दै आएकी धरान १७ सुकुम्बासी बस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग जुट्न थालेको छ । अघिल्लो वर्ष जानुका विकको घर निर्माणका लागि धरानका पत्रकारहरुले देउसी खेलेर अभियान शुरु गरेका थिए । उनको घर निर्माणका लागि १ लाख रुपैया रकम संकलन भए पछि गत सोमबार देखि घर निर्माणको काम अघि बढेको हो । उनको घर निर्माणका लागि धरान १५ निवासी कुवेर गुरुङले १० हजार १ सय रुपैया सहयोग गरेका छन् । उनले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् । धरान १७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजकत्वमा शनिवार देखि घर निर्माण कार्य सुरु भएको हो । घर निर्माणका लागि धरान १७ निवास

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved