भूमिगत पानी पर्याप्त नभएपछि मुहान मर्मत गर्दै

  • वैशाख ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  सुख्खा मौसममा धरानमा हुने खानेपानी अभावलाई पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा भुमिगत पानीको लागि परियोजना संचालन भएको थियो । तर भुमिगत पानी पर्याप्त हुन नसक्दा धरान खानेपानी बोर्ड सतहको पानीका मुहानहरु मर्मतमा जुटेको छ ।

खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरे पछि पनि धरानमा खानेपानीको अभाव चुलिए पछि उपभोक्ताहरु बोर्डको विरोधमा उत्रिएका थिए । बोर्डले भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसके पछि अहिले मुहान ममर्ततर्फ केन्द्रित बनेको हो । सुख्खा मौसममा भुमिगत पानी ५० प्रतिशत पनि आपूर्ति गर्न नसके पछि बोर्डले खानेपानी सहज बनाउन पम्प मर्मत सँगै मुहान ममर्तमा जुटेको छ । खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मत गर्न बोर्ड अघि सरेको हो ।

सुख्खा मौसम लागेसंगै फागुन देखी नै खानेपानी अभाव हुन थालेको धरानमा फागुन १७ गते देखि नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेर खानेपानीको सम्पूर्ण जिम्मा लिएको हो । बोर्डले जिम्मा लिइसके पछि सहज रुपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका धरानेहरुका लागि संस्थानले वितरण गर्दा र बोर्डले जिम्मा लिएर वितरण गर्दामा कुनै फरक नपाएपछि बोर्डप्रति उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् ।

बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको जनाएको छ । बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्न चुहावट भएका क्षेत्रको पहिचानका लागि वस्तुगत अवस्था बुझेका छन् ।

इन्जिनियर प्रशान्तले भने, ‘खानेपानीको स्रोतको चुहावट कम गर्न शनिबार र आईतबार त्यस क्षेत्रमा गएका थियौ, चुहावट भएको स्थानको पहिचान गरी हामी चाडै मर्मत कार्यमा केन्द्रित हुन्छौं ।’
धरान १३ स्थित विपी पार्क माथिल्लो भागमा रहेको जलाधार क्षेत्रको मुहानमा बीपी पार्क निर्माण भएपछि चहलपहल बढेकोले खानेपानी मुहान नै फोहोर भएको उनले बताए । बोर्डले यसभन्दा अगाडि पत्रकार सम्मेलन मार्फत भुमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको जनाइएको थियो ।

जसमा संस्थानको वेलहरुबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाको थप ७ वटा वेलहरुबाट दैनिक ९२ लाख २० हजार लिटर भुमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुख्खायाममा ४५ लाख लिटर पानी जम्मा हुने गरेको जनाएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved